arrow

बंगारा दुख्नेगरी चिच्याए रोनाल्डो 

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
ronaldo32.jpg

काठमाडौं । स्पेनिश क्लव रियाल मड्रिडबाट इटालियन क्लव युभेन्टस गएपछि व्यवसायीक फुटबलका लागि गम्भीर पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो एकाएक चिच्याएका छन् । 

गोल गरेपछि बढी नै आक्रामक हाउभाउ देखाउने रोनाल्डो एक पटक फेरि बंगारा दुख्नेगरी चिच्याएका हुन् । 

१४ लिग खेलमा १३ औं जित निकाल्दै शनशनी मच्याइरहेको युभेन्टसले शनिबार राति फियोरेन्टिनामाथि ३–० गोल अन्तरको रबाफ बनायो । 

रोनाल्डोले पेनाल्टीबाट एक गोल गरे । अनि चिच्याए ।

The Juventus forward smashed his penalty into the top corner of the net in the 79th minute

सुरुआती खेलहरुमा गोल नै नगरेर निकै तनावमा देखिएका रोनाल्डोले पछिल्लो समय निरन्तर गोल गर्दै आएका छन् । 

गोल गरेपछि बढी उत्तेजित देखिएका रोनाल्डोले बल नियन्त्रणमा लिएर हाइ किक प्रहार गरेपछि उनको उत्तेजना कम गर्न रेफ्रीले पहेंलो कार्ड देखाएका थिए । 

Ronaldo collected the ball and kicked it high into the air in celebration and was booked

स्टामिना निकै नै बढाएका रोनाल्डो विश्वकै सीमित आत्मविश्वासी खेलाडीमा पर्छन् । जब आत्मविश्वास नै भएपछि नचिच्याइ त हुँदै भएन नि । अरुलाई पनि त सचेत गराउनु छ ।

Massimiliano Allegri voiced his frustration to the ref before deciding to substitute Ronaldo

रोनाल्डोले भन्दा अगाडि रोड्रिगो बेन्टान्चुर र जर्जियो चेलिनीले गोल गरेका थिए ।

Rodrigo Bentancur put the visitors ahead with a sublime finish in the 31st minute

१४ खेलबाट ४० अंकको युभेन्टस शीर्ष स्थानमा हुँदा दोस्रो स्थानको नापोलीको १३ खेलबाट मात्र २९ अंक छ । 

आफ्नो फर्मलाई लिएर चिन्तित रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट समेत नखेलेको अवस्थामा फेरि फिफा वर्ष खेलाडीका लागि मेहनत त गर्ने नै भए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ