arrow

कोका-कोलाको नयाँ अभियान “टेष्ट द फिलिङ्ग” अनावरण

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
pic-1.jpg.jpeg
काठमान्डौ। कोका–कोला पिउँदा, कुनैपनि कोका–कोला, यसले हरेक पललाई विशेष बनाउँछ। विश्व भरि अनावरण गर्दौ , टेष्ट द फिलिङ्ग अभियान आज काठमाडौंमा भव्यताकासाथ अनावरण गरियो। ‘उत्साहका पलहरु’ विषयका साथ सिभिल मलमा अनावरण भएको कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको थियो। विभिन्न कलाकारहरुस् एड्रियन प्रधान, रोहित जोन क्षेत्री, प्रज्वल मुखिया र यम बुद्धले आफ्नो शक्तिशाली प्रस्तुतीबाट दर्शकलाई रोमाञ्चित बनाएका थिए। 
 
विश्व अभियान, गत जनवरी १९मा नयाँ नारा टेष्ट द फिलिङ्ग का साथ पहिले पेरिसमा अनावरण भएको थियो, जसले ७ वर्ष पुरानो कोका–कोला “ओपन ह्यापिनेस” अभियानलाई प्रतिस्थापन गरेको छ। कोका–कोलासंगको विशेष आनन्द जुन द फिलिङ्ग अफ टेस्टिङ्ग इट–द टेस्ट अफ ह्यापिनेस’ संग राम्रो सित जोडिएको छ भन्ने विश्व दृष्टिकोणले दर्शाएको छ।
 
नेपालका कोका–कोलाका कन्ट्री डिरेक्टर, आलोक कोहलीले भने, “उत्कृष्ट ब्राण्ड कोका–कोलाको नयाँ चरणका बारेमा हामी उत्साहित छौं । नेपालका आजका युवाहरु विश्व नागरिक हुन्। टेष्ट द फिलिङ्ग अभियान विषय उनिहरुकालागि सान्दर्भिक देखिन्छ। यो एउटा यस्तो कार्य जसले सम्भवत कोका–कोला ब्राण्डलाई नेपालमा परिवर्तन गर्नेछ।”
 
सबै कलाकारहरुले “एन्थम” मूल शिर्षक गीत “टेष्ट द फिलिङ्ग” गाएर र सबैले एकैसाथ कोका–कोला पिएर त्यो क्षणलाई विशेष र अविस्मरणीय बनाउँदै कार्यक्रमको समापन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ