काठमाडौं । लामो समय कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका रोशन कुमार न्यौपानेलाई एनआइसी एसिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बढुवा गरेको छ । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेेलाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेे ९ महिना अगाडि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बनेका थिए । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आइतबार नै न्यौपानेेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए । कमर्सियल बैंकको इतिहासमा न्यौपानेे संभवत कम उमेरका प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
२ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी छ ।