arrow

युरो २०२० को तालिका, को कुन समूहमा ?

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
euro-2020.jpg

काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएले सन् २०२० मा हुने युरो कप छनोट फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पोर्चुगल समूह बी मा परेको छ ।

तीन पटकको च्याम्पियन जर्मनी भने समूह सी मा छ भने तीन पटक नै उपाधि जितेको स्पेन समूह एफ मा छ । त्यस्तै विश्वकप विजेता फ्रान्स समूह एचमा छ । 

को कुन समूहमा ? 
समूह एः इंगल्याण्ड, चेक गणतन्त्र बुल्गेरिया, मोन्टेनेग्रो र कोसोभो 
समूह बीः पोर्चुगल, युक्रेन, सर्विया, लिथुआनिया र लग्जेम्बर्ग 
समूह सीः जर्मनी, नेदरल्याण्ड्स, उत्तरी आयरल्याण्ड, इस्टोनिया र बेलारुस 
समूह डीः स्वीट्जरल्याण्ड, डेनमार्क, आयरल्याण्ड, जर्जिया र जिब्राल्टार 
समूह ईः क्रोएसिया, वेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान 
समूह एफः स्पेन, स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइल्याण्ड्स र माल्टा 
समूह जीः पोल्याण्ड, अष्ट्रिया, इजरायल, स्लोभेनिया, मेसेडोनिया र लाट्भिया
समूह एचः फ्रान्स, आइसल्याण्ड, टर्की, अल्बानिया, मल्डोभा र एन्डोरा 
समूह आईः बेल्जियम, रसिया, स्कटल्याण्ड, साइप्रस, कजाख्स्तान र सान मारिनो 
समूह जेः इटाली, बोस्निया–हर्जगोविना, फिनल्याण्ड, ग्रिस, अर्मेनिया र लिचेन्स्टाइन ।

छनोट प्रतियोगिता सन् २०१९ को मार्च र नोभेम्बरमा हुनेछ । प्रत्येक समूहका विजेता र उपविजेताले युरोकपको फाइनल चरणमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ