arrow

जब धोनीसँग हात छुटाएर स्टेज पछाडि लुकिन् श्रीमती साक्षी

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
MS_Dhoni.jpg

काठमाडौं ।  भारतीय क्रिकेट टीममा स्टार क्रिकेट महेन्द्र सिंह धोनी शनिबार श्रीमती साक्षी र क्रिकेटर हार्दिक पाण्ड्यसँग  दीपिका पादुकोण र रणवीर सिंहको रिसेप्शन पार्टीमा पुगेका थिए । यी तीनै जना पार्टीको लागि त्यहाँ पुगेका हुन् । पार्टीमा पुग्नु पहिले फोटोग्राफरलाई जब पोज दिने समय आयो तब एक रमाइलो घटना घट्यो ।

हार्दिक र धोनी स्टेजमा पुगेपछि साक्षी त्यहा पुगिन् । फोटोग्राफर हार्दिक, धोनी र साक्षीको फोटो लिइरहेका थिए । तब साक्षी अचानक स्टेजको पछाडि गइन् । साक्षी स्टेजपछि गएसँगै धोनी हल्‍का हास्न थाले र हार्दिकसँग तस्बिर खिचाए । केहि समयपछि धोनी साक्षीको हात समातेर उनलाई स्टेजमा लिएर आए । सो भिडियो सोशल मीडियामा भाइरल भएको छ ।

हार्दिक पाण्ड्या चोटका कारण अस्ट्रेलीया भ्रमणमा गएनन् । त्यस्तै टेस्ट क्रिकेटबाट सन्यास लिएका धोनी टी २० मा ठाँउ नपएपछि अस्ट्रेलिया भ्रमणमा गएनन् । भारत अस्ट्रेलियाबीच टी २०  सीरीज १-१ को बराबरी भएको छ । भने  चार म्याचको  टेस्ट सीरीज ६ डिसेम्बर बाट  एडिलेण्डमा हुदैछ ।

सो रिसेप्शन पार्टीमा अनुष्का शर्मा पनि पुगेकी थिइन् । विराट कोहली देखिएनन् ।  विराट अहिले अस्ट्रेलियाको भ्रमणमा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ