arrow

मध्यान्तरसम्म एपिएफ र एनआरटी १–१ को बराबरीमा

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
anfa-logo.jpg.jpeg

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल सुरु भएका छन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा अहिले एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गरिरहेका छन् । 

मध्यान्तरसम्म १–१ को बराबरी भएको छ । तेस्रो मिनेटमै एपिएफका युवराज खड्काले गोल गरेर अग्रता बनाए । 

१५ औं मिनेटमा राजेश परियारले गोल गरेर एनआरटीलाई बराबरीमा ल्याए । 

मंगलबारै दिउँसो २ः३० बजे अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ । 

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ ।

विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ । एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालीकाको ११ औं स्थानमा छ । 

त्यस्तै नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ ।

छैटौँ चरणका खेलअन्तर्गत बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ