arrow

आईपीएलमा सन्दीपको टोलीको नाम के होला ? आज निर्णय हुँदै 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
sandeep1.png

काठमाडौं । भारतीय प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । मंगलबार क्लबले आफ्नो नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल वा दिल्ली क्यापिटल्स राख्नसक्ने बताइएको छ ।
 
मंगलबार साँझ एक कार्यक्रमको बीचमा आफ्नो नयाँ नाम सार्वजनिक गर्ने तयारी क्लबले गरेको हो । टाइम्स अफ इन्डियामा उल्लेख गरिएअनुसार क्लबका प्रमुख स्वामित्व रहेका जीएमआर र जेएसडब्ल्यूले मंगलबार क्लबको विषयमा महत्वपूर्ण घोषणा गर्ने तयारी गरेका हुन् । 

क्लबको नाम परिवर्तन गरिए पनि क्लबको रङ भने एउटै रहने बताइएको छ । त्यसका साथै क्लबको कोचमा रिकी पोन्टिङ यथावत रहनेछन् । 

अहिलेसम्म दिल्लीले आईपीएल जित्न सकेको छैन । यस्तोमा अगामी सिजनमा फरक हिसाबमा प्रस्तुत हुने क्लबको तयारी छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ