सिटिजन्स बैंकका कार्डवाहकले सिद्धीपोलीमा बिशेष छुट पाउने
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
260
Shares
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धिपोली प्याथल्याब डिल्लीबजारबीच सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरूले सिद्धिपोली प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा विशेष छुट पाउने बताइएको छ।
बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाइरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरेर छुट योजना सुरु गरेका हुन्। यस सम्झौतापश्चात् सिटिजन्स बैंकका यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।