arrow

सबै खाले क्रिकेटबाट गम्भीरको सन्न्यास 

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
gambhir.jpeg

काठमाडौं । भारतीय क्रिकेटर गौतम गम्भीरले सबै खाले क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले मंगलबार ट्वीटरमार्फत सन्न्यासको घोषणा गरेका हुन् । रणजी ट्रफीको खेलपछि सन्न्यास लिने घोषणा गरेका हुन् । उनले बिहीबार सुरु हुने ट्रफीको खेलमा दिल्लीबाट आन्द्राविरुद्ध खेल्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलेको दुई वर्षपछि मात्र गम्भीरले सन्न्यासको घोषणा गरेका हुन् । गम्भीरले सन् २०१६ मा राजकोटमा अन्तिम खेल खेलेका थिए । गम्भीरले ५८ टेष्ट, १४७ एक दिवसीय र ३७ टी–२० खेलेका छन् । 

टेष्टमा ४० प्लस (४१.९५) को औसतमा ४१५४ रन बनाएका उनले ९ सतक बनाएका थिए । त्यसैगरी गम्भीरले ११ एक दिवसीय सतक बनाउने क्रममा नटआउट १५० रन बनाएका थिए । टी–२० मा उनको उच्च स्कोर ७५ हो । 

३७ वर्षीय गम्भीर अन्तर्राष्ट्रिय १० हजार रन पूरा गर्ने विश्वका १३ औं खेलाडी हुन् । उनले सन् २००३ को अप्रिलमा बंगलादेश विरुद्ध एक दिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका थिए । 

उनले टेष्ट सन् २००४ मा अष्ट्रेलिया विरुद्ध खेलेका थिए । 

उनका कीर्तिमान यस्ता छन् –
उनी लगातार पाँच टेष्ट सतक लगाउने एक मात्र भारतीय खेलाडी हुन् । उनले सन् २००८ देखि २०१० सम्म उनले खेलेका ११ टेष्टमा कमसे कम एक अर्धसतक बनाएकै थिए । उनले यसो गर्दा विलियन रिचर्डसको कीर्तिमान बराबरी गरेका थिए । 

उनी टेष्ट र्याङ्किङमा एक नम्बरमा पनि आए । सन् २००९ मा आइसीसीको टेष्ट र्याङ्किङको एक नम्बरमा आए । सोही समयमा उनले चार सतक लगाएका थिए । त्यही वर्ष उनले आइसीसी टेष्ट प्लेयर अफ द इयरको ट्रफी जितेका थिए । 

उनले चार टेष्ट श्रृंखलामा ३०० भन्दा बढी रन बनाएका थिए । सन् २००८ मा उनले २७ एक दिवसीयमा १११९ रन बनाएका थिए । 

गम्भीरले भारतलाई सन् २००७ को टी–२० विश्वकप र  सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ