arrow

आरबीआईको रिपोदर यथावत, मोदीलाई ‘ग्रिन सिग्नल’

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
The-Modi-Govt-Should.jpg

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले अपेक्षाअनुसार आफ्नो रिपोदर यथावत राख्ने निर्णय गरेको छ । बैंकको ६ सदस्यीय मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको हो । तीन दिवसीय समीक्षा बैठकको क्रममा रिपोदर ६.५ प्रतिशतमा यथावत राख्ने निर्णय भएको हो ।

आईबीआईले मुलुकको आर्थिक वृद्धिदर ७.४ प्रतिशत रहने अनुमान गरेको छ । आर्थि वर्षको दोस्रो अर्धवार्षिक अवधिमा महँगी २.७ देखि ३.२ प्रतिशतसम्म बढ्नसक्ने अनुमान गरिएको छ ।
 
सोमबारबाट आरबीआईको वर्षको पाँचौं मौद्रिक समीक्षा बैठक सुरु भएको हो । केन्द्रीय बैंकको यो निर्णयले भारतको सरकारको योजनालाई सहयोग पुग्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ