arrow

म्यान्चेस्टर सिटीलाई सिजनको पहिलो उपाधि : प्रशिक्षक पेलिग्रीनीलाई राहत

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
Football_C.JPG.jpeg

एजेन्सी । यो सिजनको इङ्गलिश लिग कप अर्थात क्यापिटल वान कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले कब्जा गरेको छ । आइतबार राति लिभरपुलको घरेलु मैदानमा भएको फाइनल खेलमा घरेलु सिटीले पेनाल्टी शुट आउटमा बाजी मारेको हो । घरेलु टोलीलाई टाइब्रेकरमा ३–१ ले स्तब्ध पार्दै सिटीले सिजनको पहिलो उपाधि हात पारेको हो ।
४९औं मिनेटमा सिटीका फर्नान्डीन्होेले गोल गर्दै अग्रता दिलाए । यद्यपि, ८३ औं मिनेटमा लिभरपुलका फेलिप कौटीन्होले एक गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकियो । थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो । टाई ब्रेकरमा म्यान्चेस्टर सिटी ३–१ को जित निकाल्न सफल भयो । लिभरपुलका एम्रे च्यानले एक गोल गर्दा लुकास लिभा, कौटिन्हो र एडम लालानाले पेनाल्टी प्रहार सदुपयोग गर्न सकेनन् । म्यान्सिटीका जिसस नाभस, सर्जीयो अगुएरो र याया टुरेल गोल गर्दा फर्नान्डीन्हो पेनाल्टीमा चुके ।

सिजनको पहिलो उपाधिसंगै म्यान्चेस्टर सिटीका प्रशिक्षक म्यानुएल पेलीग्रीनीमाथि परेको दबाब कम भएको छ । लिभरपुल प्रशिक्षक यर्गेन क्लपको पहिलो उपाधि जित्ने सपना चक्नाचुर भयो । आगामी जुन ३० मा ६२ वर्षीय चीलियन प्रशिक्षक पेलेग्रिनीको करार अवधि सकिने भएपछि पेप ग्वार्डियोला तीन वर्ष सिटीको प्रशिक्षणको जिम्मेवारी लिनेगरी सिटी छिर्दै छन् ।

इङ्गलिश क्लब म्यानचेस्टर सिटीले पेप ग्वार्डियोलालाई आगामी सिजनका लागि प्रशिक्षकको जिम्मेवारी दिने यसअघि नै पक्का गरिसकेको छ । ४५ वर्षिय ग्वार्डियोला तीन वर्षका लागि सम्झौता गर्न सहमत भएका छन् । जर्मन क्लव बायर्न म्युनिखका प्रशिक्षक ग्वार्डियोलाले अघिल्लो महिना बायर्न छाड्ने घोषणा गरेका थिए ।

Manuel Pellegrini

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ