arrow

आत्मघाती गोलले च्यासललाई सफलता

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
football1.jpg

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासले महत्वपूर्ण तीन अङ्क जोडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको स्थिति उल्टाएर च्यासलले जीत निकालेको हो । च्यासललाई जीत दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे ।

खेलमा शुरुआती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६औँ मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा साहुखलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ७३औँ मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो ।

खेलमा सन्तोष ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै च्यासलले छ खेलबाट सात अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ