arrow

चेल्सी हारेको खेलको प्रिमियर लिगका अन्य खेल के भए ? के भयो मौरिन्होलाई

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
manu-arsenal.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा बुधबार राति अनपेक्षित नतिजा आएको छ । चेल्सीले वुल्भरह्याम्पटन वान्डेरर्ससंग उसकै मैदानमा १ का विरुद्ध २ गोलले पराजय बेहोर्यो । 

चिकको गोलले चेल्सीले प्रारम्भिक अग्रता लिए पनि जिमेनेज र जोटाले गोल गर्दै वुल्भरलाई जिताए । अन्य खेलमा लिभरपुलले बर्नलेलाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो ।

म्यान्चेस्टर युनाइटेडले एक पटक फेरि बराबरी खेल्यो । घरेलु मैदानमा युनाइटेडले आर्सनलसंग दुई दुई गोलको बराबरी खेलेको हो । 

साकोद्रान मुस्ताफीले आर्सनललाई अग्रता दिलाए । एन्थोनी मार्सियलले युनाइटेडलाई बराबरीमा ल्याए । एलेक्जेन्डर लाकाजेत्जीले फेरि आर्सनललाई अग्रता दिलाए । 

जेस्सी लिंगार्डले युनाइटेडलाई बराबरीमा ल्याए । जोजे मौरिन्होले सात खेलाडी परिवर्तन गरे पनि युनाइटेडले जितेन । 

त्यस्तै एभर्टनले न्यूकासल युनाइटेडसंग घरेलु मैदानमै एक एक गोलको बराबरी खेल्यो । फुल्हमले लेस्टर सिटीसंग घरेलु मैदानमा एक एकको बराबरी खेल्यो । 

टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई एककत विरुद्ध तीन गोलले हरायो । लिगमा ४१ अंकको म्यान्चेस्टर सिटीको अग्रता कायमै छ । 

लिभरपुल ३९ अंकबाट दोस्रो स्थानमा छ । 

7063008-6464473-image-a-84_1544048985507.jpg

7063076-6464473-image-a-82_1544048970889.jpg

7063590-6464473-image-a-87_1544049197879.jpg

7061194-6464473-image-a-39_1544045913484.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ