arrow

राष्ट्र बैंकद्वारा १० अर्बको निक्षेप निष्कासन, क–कसले पाउँछन् ?

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको निक्षेप निष्कासन गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी १० अर्बको निक्षेप निष्कासन गरेको जनाएको छ । विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको सो निक्षेप क वर्ग ख वर्ग र ग वर्ग का बैंक तथा वित्तीय संस्थाहरुका लागि मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार क वर्गको वाणिज्य बैंकले कूल ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ निक्षेप पाउने छन् । यसको लागि राष्ट्र बैंकले तोकेको ढाँचामा यही २३ गते भित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बताईएको छ । यो निक्षेप विकास बैंकहरुलाई एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ५० करोड ७९ लाख रुपैयाँ निक्षेप दिइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप निष्कासनको लागि जारी गरेको सूचना यस्तो छ :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ