arrow

नेमारसँग खुशी छैनन् पेले

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
pele-naymer1.jpg

काठमाडौं । फुटबलका हस्ती पेले ब्राजिलका खेलाडी नेमार जुनियरसँग खुशी छैनन् । फोल्हा द साओ पाउलो पत्रिकालाई अन्तर्वार्ता दिदै पेलेले भने, ' नेमारसँग म खुशी छैनन् ।'

उनले भने, 'नेमारको बचाउ गर्न मलाई कठिन छ। मैले उसँग कुरा गरे। उसको दुर्भाग्य थियो त्यसैले ब्राजिलको टिमले विश्व कप जितेन । म नेमारसँग दुई पटक युरोप गए । मैले उसलाई भने कि भगवानले तिमिलाई उपहार दिएका छन् तर तिमि आफ्नो खेललाई कठिन बनाउदैछौ ।'
 
पेलेलाई सदावाहार उत्कृष्ठ फुटबलर मानिन्छ । पेले एक मात्र यस्ता खेलाडी हुन् जसको नेतृत्वमा तीन पटक देशलाई विश्वकप दिलाए ।  ब्राजिलियन फुटबल स्टार नेमारले आफूलाई पेले, रोनाल्डो र रोमारियोसँग दाज्न नमिल्ने बताउदै आएका छन् ।

केहि बर्ष यता पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको अनुसार उनि ज्यादा दुखाइ महसुस गर्दैनन् तर कमजोर बनेका छन् । उनले भने 'पहिले मेरो शानदार खुट्टा थियो तर अहिले स्थिति विग्रिएको छ । तर पनि म १०० प्रतिशत राम्रो फील गर्छु ।'

पेलेको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। उनि अहिले ७८ बर्षका भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ