arrow

शनिवारदेखि रामपुरमा दोस्रो मेयर कप हुने

logo
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
mayour-cup.jpg

पाल्पा ।  पाल्पाको रामपुरमा शनिबार देखि दोस्रो मेयर कप हुने भएको छ । नगर खेलकुद विकास समितिले पत्रकार भेटघाट गरि शनिवार देखि दोस्रो मेयर कप सञ्चालन हुने जानकारी गराएको हो ।
 
रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर खेल मैदानमा हुने मेयर कप सम्बन्धी समितिले बिजयपुरमा पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराएको हो । मंसिर २२ देखि २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत अन्तर वडा स्तरीय महिला र पुरुष भलिवल, पुरुष फुटवल र डबल्स व्याडमिन्टन प्रतियोगिता हुने रामपुर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए ।

 गत वर्ष प्रथम मेयर कप प्रतियोगिता गरेको नगर खेलकुद समितिले यसबर्ष थप व्यवस्थित ढंगले ३ बिधामा खेलको आयोजना गरेको हो । खेललाई व्यवस्थित बनाउन नगर खेलकुद विकास समितिले वडामा गठित खेलकुद समिति, फुटवल संघ र भलिवल संघलाई  वडागत सहभागिताको जिम्मा दिएको छ । व्यवस्थित खेलको लागि खेल शुरु हुनु २ दिन अगाडी वडागत सहभागिता र नियमबारे पत्रकार सम्मेलन गरि सबैलाई जानकारी दिइएको अध्यक्ष खाँणले बताए । डबल्स व्याडमिन्टन प्रतियोगिता भने छिमेकी चापाकोट नगरपालिका र रामपुर नगरपालिका स्तरीय हुनेछ ।

छिमेकी नगरपालिकाको मैत्रीभाव झल्काउन पनि नगरपालिकाको समन्वयमा रानपा र चानपा स्तरीय ब्याटमिन्टन प्रतियोगिता राखिएको हो उनले भने– ब्याटमिन्टनमा बढिरहेको क्रेजलाई सम्बोधन गर्न नगरपालिका स्तरीय प्रतियोगिता राखेका हौ । उनले खेलाडीको पहिचानसँगै अब खेलकुदको पूर्वाधार निर्माणमा समिति लागेकाले भिन्न मैदानमा खेलको आयोजना गरेको समेत बताए । खेलाडीको पहिचान, खेलमा नै दिगोपन र खेलको विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउन नगरपालिकाको वडा स्तरिय महिला तथा पुरुष भलिबल र पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा नगरको १० वटै वडाको सहभागीता रहने छ ।

विजयी टिमले प्राप्त गर्ने पुरस्कार राशीको पनि पत्रकार भेटघाटमा जानकारी गराइएको छ । जसअन्तर्गत पूरुष भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद ५० हजार, द्धितिय पुरस्कार नगद ३० हजार र तृतियले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद नगद ३० हजार, द्धितियले नगद २० हजार र तृतीयले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरुष फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले नगद ५० हजार, द्धितियले नगद ३० हजार र तृतीले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नगरपालिका स्तरीय डबल्स व्याटमिन्टन प्रतियोगितामा विजेताले क्रमशः नगद २० हजार,  १२ हजार र ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पत्रकार भेटघाटमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदले स्वास्थ्यको लागि मात्र नभई समाज र राष्ट्रलाई चिनाउने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले नगरको पहिचान र खेलाडीको विकासले नै खेल क्षेत्रमा समृद्धि आउने भएकाले खेलको विकासमा नगरपालिका लागेको बताए । सरोकारवालाहरु सहभागी सोही अवसरमा प्रतियोगिताको गोला प्रथा (ट्राईसेट) गराइएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम सचिव दुर्गेश मल्लको सञ्चालनमा भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ