arrow

१०–१ को अन्तरले हराउँदै रियाल मड्रिड प्रिक्वार्टरफाइनलमा 

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
real9.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदानमा खेलेको रियालले अन्तिम ३२ को खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई दोस्रो लेगमा ६–१ गोलले हराउँदै समग्रमा १०–१ को अन्तरसहित अन्तिम १६ मा पुगेको हो । 

बिहीबार रातिको दोस्रो लेगमा रियाललाई शानदार विजयी गराउन मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे । हेभियर सान्सेज र भिन्सियस जुनियरले १–१ गोल गरे । 


पहिलो लेगमा रियालले ४–० को जित निकालेको थियो । रियालबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि टिम धरासायी बनेको अड्कल काटिए पनि टिमले सुधारोन्मुख खेलिरहेको छ । 

7101952-0-image-a-11_1544119150984.jpg

7101950-0-image-a-17_1544119204570.jpg

7102270-6468667-It_was_a_fairly_frustrating_night_personally_for_Vinicius_Junior-m-1_1544121748423.jpg

 

बिहीबार को को भए विजयी
लेभान्ते २–० लुगो
आइबर २–२ स्पोर्टिन
हुएस्का ०–४ एथलेटिक बिलबाओ
रियाल बेटिस ४–० सान्टान्डर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ