यी देशका राष्ट्रपतिले सुत्नका लागि त्यागे आसियान शिखर सम्मेलन
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
486
Shares
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते सिंगापुरमा भएको आसियान शिखर सम्मेलन र ईस्ट एशिया समिटमा भाग लिएका थिए । आसियान शिखर सम्मेलनमा भएका केहि बैठकमा भने फिलिपिन्स राष्ट्रपति रोड्रिगो डुटेर्तेले सहभागि भएनन् । सो क्रममा उनि 'पावर नेप' (दिमागलाई ताजा गर्ने कम अवधिको निन्द्रा) लिइ रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको थियो ।
बीबीसीको रिपोर्ट अनुसार प्रवक्ता सल्वाडोर पनेलोले भने, 'राष्ट्रपतिले १४ नोभेम्बरमा तय गरिएको चार कार्यक्रम छोड्नुभयो । उहाँ राति अवेरसम्म काममा हुनुहुन्थ्यो जस कारण तीन घण्टा भन्दा कम सुत्न पाउनु भयो ।' ७३ वर्षीय डुटेर्तेले अफ्नो बचाउ गर्दै भने 'आखिर मैले सुत्दा के गलत भयो ?'।
यो भन्दा पहिले पनि डुटेर्ते फिलिपिन्समा भएको अन्तर्राष्ट्रीय समिटको कार्यक्रम छोडेका थिए । डुटेर्तेको स्वास्थ्यलाई लिएर पनि चिन्ता गरिने गरिएको छ । अघिल्लो महिना उनलाई क्यान्सर भएको आशंका गरिएको थियो । डुटेर्तेलाई आराम महसूस गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'निन्द्रा पुरा त भएन, तर पछिल्लो केहि दिनको थकान निकाल्न भने पर्याप्त भयो।'
प्रवक्ता पनेलोका अनुसार राष्ट्रपति डुटेर्ते रातमा अवेरसम्म काम गर्छन् । उनलाई सुत्न निकै कम समय मिल्छ ।डुटेर्तेले पहिले पनि आफु थाकेको र पदबाट हट्न चाहेको बताएका थिए । तर कुनै योग्य उत्तराधिकारी नपाएको बताउदै आएका छन् ।
आसियान समिटको बैठकमा निदाउने डुटेर्ते एक मात्र राष्ट्राध्यक्ष भने होइनन् । ब्लूमबर्गका अनुसार दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन पनि अमेरिकी उप राष्ट्रपति माइक पेन्सलाई १५ मिनटसम्म पर्खदा निदाएका थिए ।
पहिले पनि डुटेर्ते एक लाइभ इभेन्टमा महिलालाई किस गरेपछि आलोचित भएका थिए ।