arrow

क्रिकेट कप्तानदेखि प्रधानमन्त्रीसम्मको यात्रामा सेनासँग ईमरानको मित्रता !

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
ImranKhan_Pakistan.jpg

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री ईमरान खान क्रिकेट खेलाडीबाट समाजसेवामा रहँदै राजनीतिमा होमिएका एक सफल ब्यक्तित्व हुन्। सन् १९९२को एकदिवसीय क्रिकेट विश्वकप बिजेता टोलीका कप्तान रहेका ईमरान राजनीतिक रुपमा नि बिजेता साबित भएका छन्। ईमरान पाकिस्तानमा भैरहेको भ्रष्टाचार र गरिबीलाई निर्मुल पार्ने मुल मुद्दाका साथ प्रधानमन्त्री बनेका छन्।

सन् १९९२मा क्रिकेटबाट सन्यास लिएपछि उनले आफ्नी आमाको सम्झनामा क्यान्सर अस्पताल खोलेका छन्। आफ्नी स्वर्गीय आमा शौकत खानुमको सम्झनामा 'शौकत खानुम क्यान्सर अस्पताल' खोलेपछि उनको समाजसेवीको रुप विश्व जगतले थाह पाएको थियो।

क्रिकेट खेलाडीबाट समाजसेवी हुँदै उनी राजनीतिमा छिरेका थिए। उनले आफ्नो आत्मकथा 'पाकिस्तान: अ पर्सनल हिस्ट्री' मा धेरै कुराको खुलासा गरेका छन्। उनको लगाव पाकिस्तानी सेनासँग रहेको पनि प्रष्ट देख्न सकिन्छ । उनी पाकिस्तानी क्रिकेटको कप्तान हुँदा पाकिस्तानमा सैनिक शासक जेनरल जिया उल हक राष्ट्रपति थिए। जिया र ईमरानको सम्बन्ध राम्रो रहेको उनले आफै बताएका छन्।

जियाले राष्ट्रीय टेलिभिजनमा ईमरानलाई क्रिकेटबाट लिएको सन्यास फिर्ता लिन आव्हान गरेका थिए। उनले जियाको उक्त आव्हान स्विकार गर्दै आफ्नो सन्यास फिर्ता लिएका थिए। सन् १९८७को एकदिवसीय विश्वकप क्रिकेट पछि खानले सन्यास लिएका थिए र जियाको आव्हानमा सन् १९८८मा फेरि टिमको नेतृत्व सम्हालेका थिए।

सैनिक शासकसँगको राम्रो सम्बन्धले उनको आफ्नो टोलीमा पनि राम्रै दबदबा रहेको थियो। उनले बोलेपछि त्यो नि अन्तिम सत्य हुने कुराहरु पनि त्यो बेलाका छापाहरुमा छाइरहेका हुन्थे। क्रिकेटको पारी पछि उनले शुरु गरेको समाजसेवाको पारीको बिचमै उनी राजनीतिमा हाम फालेका थिए। सन् १९९६मा उनले तारिक-ए-ईनसाफ नाम गरेको पार्टी खोलेका थिए। उक्त पार्टी पाकिस्तानमा मध्यमार्गी पार्टीका रुपमा स्थापित भएको हो।

सन् २०१८को निर्वाचनमा ईमरानको पार्टीले सेनाको सहयोगमा जितेको आरोप प्रतिपक्ष दलहरुले लगाईरहेका छन्। उनको पाकिस्तानी सेनासँगको पुरानो सम्बन्धले पनि उनीमाथि शंका गरिएको हो । ईमरानले पनि आफ्नो सरकार र सेनाको सम्बन्ध राम्रो रहेको बताईरहेका छन्।

तत्कालिन पाकिस्तानी प्रम नवाज शरिफले भ्रष्टाचारको मुद्दामा निर्वाचन अघि कारावासको सजाए पाएका थिए र निर्वाचन पछि उच्च अदालतले शरिफलाई सफाई दिएको थियो।पाकिस्तानको राजनीतिमा सेना सबैभन्दा शक्तिशाली मानिन्छ र उसले अदालतलाई समेत आफ्नो प्रभावमा पार्न सक्ने सामर्थ्य राख्दछ।

पाकिसतानको राजनीतिमा सेनाको भुमिका जहिल्यै महत्वपुर्ण रहने गरेको हुँदा पनि सेनाको सहयोग बिना ईमरानको पार्टीले बिजय प्राप्त गर्न नसक्ने आंकलनहरु सत्य नजिक देखिन्छ । पाकिस्तानमा रहेको गरिबी र बेरोजगारीको मुद्दा हरेक पार्टीले बनाउने गरे पनि कुनै पार्टीले सही रुपमा कार्यक्रमहरु लान नसक्दा ईमरानको मध्यमार्गी पार्टीलाई जनताले बिश्वास गरेको पनि अर्को बिश्लेषण रहेको छ।

ईमरानले क्रिकेटको बागडोर पनि सेनाको सहयोगमा सम्हालेको र सफलता पनि प्राप्त गरेका हुन् भने राजनीतिमा पनि सेनाको सहयोगले सफलता प्राप्त गर्छन वा गर्दैनन् त्यो त समयले बताउने नै छ । क्रिकेटमा बिश्वकप लगायत बिभिन्न क्रिकेट श्रृखंलाहरुमा बिजय प्राप्त गरेको ईतिहास साक्षी रहेको छ। उनी सफल क्रिकेटर हुनुका साथै उनले क्रिकेट कमेन्टेटरका रुपमा पनि काम गरेका थिए। त्यसैगरि क्रिकेटका बारेमा लेख्ने र पछि राजनीतिक लेख पनि लेख्दै गरेका थिए। ईङल्याण्डको अक्सफोर्ड विश्वविद्यालय पढेका ईमरानको राजनीति लोकतान्त्रीक रुपमा अगाडी आए पनि उनको सेनासँगको सम्बन्धका बारेमा प्रश्नहरु उठिरहने छन्।

लामो समय ब्यवसायीक खेल जिवन सफलतापुर्वक सम्पन्न गरेका ईमरानले खेलमा चाहिने लगन, अनुशासन आदी गुणहरु सरकारमा पनि देखाएमा राजनीतिज्ञको रुपमा पनि सफल हुनसक्छन तर सेनासँगको सम्बन्धको प्रश्नले उनलाई लखेटिरहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ