arrow

कसले सोचेको थियो एनआरटी धरासायी होला !

पाठ सिक्नु जरुरी छ सबै क्लवले, आफ्नै आर्थिक आम्दानी बनाउनु पर्छ

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
NRT-club.jpg

काठमाडौं। सायदैले सोचेका थिए होला नेपाली फुटबलको इतिहास बोकेको क्लव न्यूरोड टिम एनआरटीले झण्डै चार वर्ष फुटबलबाट टाढा बस्ला भनेर। कुनै पनि चिजमा मेहनत नगर्ने हो भने त्यसको शाख धेरै समय टिक्दैन भन्ने उदाहरण हो यो। चार पटकको ‘ए’ डिभिजन लिग फुटबल च्याम्पियन एनआरटी एकाएक धरासायी भयो। 

एनआरटी भने नखेलेपछि बी डिभिजनमा झर्‍यो। एनआरटीले हिम्मत हारेन। ऋण चुक्ता गर्‍यो। अनि फेरि खेलमा फर्कियो। बी डिभिजन ०७३ मा खेल्यो र ए डिभिजनमा आयो। एनआरटी आफ्नै खुट्टामा उभिएको छ। उसले संघर्ष गर्न जानेको छ।

२०७० साल बैशाख १४ गते एकाएक क्लवले पत्रकार सम्मेलन गरी फुटबलबाट टाढिने निर्णय गर्‍यो। क्लवका तत्कालीन महासचिव विनयचन्द प्रधानले पत्रकार सम्मेलनमा भनेका थिए ‘आर्थिक भार बोकीबोकी फुटबल खेल्न सकिन्न।’ क्लवले त्यतिबेला ऋण एक करोड ७३ लाख रुपैयाँ पुगेको जानकारी दिएको थियो।

जबकि एनआरटीको काठमाडौंमा सम्पत्ति र आयस्रोत अरु क्लवको भन्दा निकै बढी थियो। विशेष साधारण सभा नै गरेर यही स्थितिमा कम्तीमा तीन वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका गतिविधिलाई अगाडि बढाउन नसकिने निर्णय क्लवले गरेको थियो।

यो नेपाली फुटबलका लागि निकै अनपेक्षित निर्णय थियो। एनआरटी भन्दा टाँट पल्टेका क्लवहरुले केही न केही योगदानसहित लिग खेलिरहेका थिए। नाफा कोही थिएनन्। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि केही गर्न सकेन। सहयोगको आशा र भरोसा पनि जगाउन सकेन। एउटा होनहार क्लव ढलिरहेको थियो। 

फुटबल त्याग्नुअघिको ए डिभिजन लिगमा एनआरटी पाँचौं भएको थियो। अनि त्यतिबेला एन्फाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठ क्लवका अध्यक्ष पनि थिए। श्रेष्ठको कुनै जोर चलेन। उनले खेल नत्यागौं भन्दाभन्दै पनि क्लवको धरासायी स्थिति देखेर लिग नखेल्ने निर्णय भएको थियो। श्रेष्ठ उपाध्यक्ष भए पनि क्लवलाई कुनै फाइदा थिएन। 

श्रेष्ठले क्लवलाई माथि उकास्न कुनै भूमिका खेलेनन्। उनले खेल्न नसकेको भूमिकाप्रति क्लवका अन्य पदाधिकारी सन्तुष्ट थिएनन्। तत्कालीन महासचिव चन्दले संचारकर्मीसंग भनेका थिए क्लवले श्रेष्ठलाई फिर्ता बोलाउन पनि सक्छ। उनी फिर्ता भएनन्। त्यसको बदलामा उनी वरिष्ठ उपाध्यक्ष बने। तत्कालीन एन्फा अध्यक्ष गणेश थापाका विश्वासिला पात्र भएकैले उनी एन्फामा टिकेका थिए। जबकि थापाले चाहेको भए क्लव टाढिनबाट बच्ने थियो। 

एक होनहार क्लव फुटबलबाट टाढिँदा त्यसबाट पुग्ने क्षतिको बारेमा गणेश थापाले केही गर्न सकेनन्। अरु क्लवले पनि सान्त्वना बाँड्न सकेनन्। सबैभन्दा ठूलो कुरा त के भने नेपाली क्लवहरु बिना योजना र बिना आर्जन पनि फुटबलमा लगानी गरिरहेका थिए।

एनआरटीजस्तो मजबुद् टिमले उदाहरण दिएको थियो। अन्य क्लवको हालत झन् के होला भनेर सोच्नका लागि अवसर दिएको थियो। न्यूनतम पूर्वाधार कत्तिको जरुरी हुँदो रहेछ भनेर सन्देश दिइरहेको थियो।

त्यसलाई कसैले मनन गरेनन्। एनआरटीले खेल्न छाडेपछि ए डिभिजन लिग पनि संचालन हुन सकेन। गणेश थापालाई यसको कुनै चासो भएन। पछि उनी पनि ५८ करोड भ्रष्टाचारको आरोपमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षका लागि निलम्बित भए।

गणेश थापापछि कार्यबाहक अध्यक्ष भएर ललितकृष्ण श्रेष्ठ भए। ललितकृष्णको दृर्घटनामा निधन भएपछि नरेन्द्र अध्यक्ष भए। त्यसपछि एनआरटी पनि सुध्रियो। सुरुवातमा एनआरटी ए डिभिजन नखेलेपछि बी डिभिजनमा झर्‍यो। एनआरटीले हिम्मत हारेन। ऋण चुक्ता गर्‍यो।

अनि फेरि खेलमा फर्कियो। बी डिभिजन ०७३ मा खेल्यो र ए डिभिजनमा आयो। एनआरटी आफ्नै खुट्टामा उभिएको छ। उसले संघर्ष गर्न जानेको छ। चार वर्षपछि भएको ए डिभिजन लिग फुटबलमा अहिले एनआरटी राम्रो स्थानमा छैन।

पाँचौं चरणको समाप्तिसम्म एनआरटी लिग तालिकाको पुछारमा छ। एनआरटीले २०१७ सालमा पहिलो पटक ए डिभिजन लिग जितेको थियो। एनआरटीले त्यसपछि २०१९, २०३५ र २०५२ मा उपाधि जित्यो। चार पटक लिग जितेको एनआरटीसंग कुनै पनि समय फर्ममा फर्कने ताकत छ। 

यसपटक सहभागी १४ टोलीमध्ये कुनै पनि टिम रेलिगेशनमा पर्ने छैनन्। तर अन्तिम दुईमा रहने टिमले एन्फाले दिने तयारी रकममा भने कटौती हुनेछ। एनआरटी खेलमा फर्किने छ र माथि जानेछ। तर अन्य टिमले सिक्नु भने जरुरी छ। क्लव संचालन गरेपछि खर्च जुटाउन हम्मेहम्मे पर्ने अवस्थाबाट मुक्त हुनु जरुरी छ। क्लवले आफ्नै आर्जन गर्न सक्ने क्षमता पनि राख्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ