arrow

ला लिगा र प्रिमियर लिगका डिफेन्डिङ च्याम्पियनहरु 

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
Barca_City.png

काठमाडौं। विश्व लिग फुटबलको कुरा गर्ने हो भने ला लिगा र प्रिमियर लिग निकै चर्चित लिगहरु हुन्। केही समयअघि भएको विश्वकप प्रतियोगितामा पनि यी दुई लिगहरु खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको थियो। साथै उक्त प्रतियोतिाका महत्वपूर्ण खेलाडीहरु पनि यी दुवै लिगबाट नै छानिएका थिए। यसले यी दुई लिगको अतयधिक चर्चा हुने गरेको छ। 

जसको कारण फुटबलमा यी दुई लिगको चर्चा गर्दा यी दुई लिग पक्कै पनि आउँछन्। यसबाट पनि यी दुई लिग जित्ने टोली कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुराको स्पष्ट हुन्छ। २०१७-१८ को सिजनमा यी दुई उपाधि जित्ने टोलीहरु यस्ता छन्– 

ला लिगा बार्सिलोना : 
गत सिजनको स्पेनिस ला लिगाको उपात्रि बार्सिलोनाले हासिल गरेको थियो। यो टोलीले २५ औं पटक ला लिगाको उपाधि जितेको हो। अहिलेसम्म ला लिगाको ८७ औं संस्करण सकिइसकेको छ भने ८८ औं संस्करण जारी रहेको छ। जुन सिजनमा पनि स्पेनिस ला लिगाको उपाधिको प्रमुख दाबेदारको रुपमा यो टोलीको नाम छुट्दैन।

त्यसो त यो टोलीमा विश्व फुटबलका हस्तीहरु रहने गर्छन्, जसको कारण पनि उसलाई हराउनु विपक्षीको चुनौती बन्न पुग्छ। अझ कुनै समयको खेल हेर्ने हो भने यो टोली अपराजित नै टोली हो कि भन्ने भान हुन्छ। यो टोलीले कोपा डेल रेल लगायतका अन्य केही महत्पूर्ण प्रतियोगितामा सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान पनि कायम गरेको छ। यो क्लबका प्रशिक्षक अर्नेस्टो भल्भर्डे हुन्। यो क्लबले स्पेनको क्याम्प नोउमा आफ्नो घरेलु खेल खेल्ने गरेको छ। जसमा ९९ हजार ३ सय ५४ क्षमताको स्टेडियम रहेको छ। 

प्रिमियर लिग म्यानचेस्टर सिटी :
प्रिमियर लिग निकै प्रतिस्पर्धात्मक खेल हुने लिग हो। यो लिग खेल्ने सबै क्लबहरुमा निकै बलिया टोलीहरु हुन्। यो लिग खेल्ने कुन टोली कुन स्थानमा रहन्छ भनेर अनुमान गर्न निकै कठिन हुन्छ। यो लिगमा अघिल्लो वर्षको विजेता रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको हुन्छ भने कल्पना पनि नगरिएको टोली उपाधिको मुख्य दाबेदार बन्न आएको पनि देख्न सकिन्छ।

यस्तोमा गएको सिजन भने म्यानचेस्टर सिटीले आफ्नो पोल्टामा पारेको थियो। क्लबको लागि तेस्रो प्रिमियर लिगको उपाधि हो। म्यानचेस्टरको सिटीका प्रशिक्षक पेप ग्वार्डिओला हुन्। यो क्लबको सिटी अफ म्यानचेस्टर युनाइटेड नामको रंङ्गशाला रहेको छ। जसमा ५५ हजारभन्दा दर्शकहरु अटाउन सक्छन्। यो निकै पुरानो क्लब हो।

यसको स्थापना सन् १८८० मा भएको थियो। यसको अर्थ यो  क्लब १३८ वर्ष पुरानो हो। सुरुमा यो क्लबको नाम सेन्ट मार्क थियो। पछि यसलाई संशोधन गरी म्यानचेस्टर सिटी बनाइएको हो। यो क्लबले प्रिमियर लिगका अलावा एफए कप, लिग कप, एफएकम्युनिटी सिल्डलगायतका उपाधिहरु हासिल गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ