arrow

विश्व बैंकको १० सूचक जसले नेपालमा लगानी गर्ने वातावरण घटेको देखायो

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
world-bank.jpg

काठमाडौं । विश्वबैंकले केही समय अघि सार्वजनिक गरेको विश्वको व्यापारको सुगमता सम्बन्धी प्रतिवेदन डुईङ विजिनेस प्रतिवेदनमा नेपालको ५ स्थान राखिदिएपछि अर्थमन्त्री डा युवराज खतिवडाले यसमा आपत्ति जनाए । सातौं राष्ट्रिय कर दिवसको अवसरमा उनले दिएको मन्तव्यमा पुनरावलोकनको लागि टोली आउनलागेको बताएका थिए । अघिल्लो पटक १०५ औं स्थानमा रहेको नेपाललाई एक सय १० औं स्थानमा राखिदिएको छ । अर्थमन्त्रालयको अनुगमन महाशाखाले दिएको जानकारी अनुसार विश्व बैंकले अझैसम्म पनि यो रिपोर्ट सच्याएको भनेर जानकारी नआएको जनाएको छ ।

खतिवडाले करको फाईलिङमा सानो समस्या देखाएकोले आफूहरुलाई ५ स्थान तल राख्नु विश्व बैंकको कमजोरी भनेपछि अहिले एक सय ५ औं स्थानमा नै राखिएको छ । सोही समयमा नेपालमा कर प्रणाली सुधारको क्रममा रहेको र स्वच्छ र पारदर्शी प्रणाली स्थापना गर्न कुनै कसर बाँकी नराखिने खतिवडाले प्रतिवद्धता पनि व्यक्त गरको थिए । आखिर के हो ? डुईङ विजिनेस र यसको मूल्यांकन कसरी गरिन्छ । 

लगानीको सुगमताको हिसावले विश्व बैंकले हरेक वर्ष निकाल्ने प्रतिवेदन नै डुईङ विजिनेस प्रतिवेदन हो । यो सूचीमा दक्षिण एशियाली मुलुकहरु मध्ये भुटान सबैभन्दा माथि ७५ औं स्थानमा रहेको छ । चीन यो सूचीको ७८ औं स्थानमा रहेको छ भने भारत १०० औं स्थानमा रहेको छ । यसबाहेक श्रीलंका १११ औं स्थान, माल्दिभ्स १३६ औं स्थानमा, पाकिस्तान १४७ औं स्थानमा, वंगलादेश १७७ औं स्थानमा र अफगानिस्थान १८३ औं स्थानमा रहेका छन् । यो हिसावले हेर्दा नेपाल दक्षिण एशियाको लगानीको हिसावले तेस्रो उत्कृष्ट मुलुकको रुपमा पर्दछ । विश्व बैंकले कूल १ सय ९० देशलाई यो सूचीमा समेटेको छ । नेपाल २०१३ को डुईङ विजिनेसको रिपोर्टमा १ सय ८ औं स्थानमा रहेको थियो । २००७ मा यो रिपोर्टमा नेपाल १०० औं स्थानमा रहेको थियो ।  

यो रिपोर्ट कुनैपनि देशमा लगानी गर्नको लागि कत्तिको सजिलो छ भन्ने हिसावले विभिन्न सूचकांकहरुलाई आधार मानेर निकाल्ने गरिन्छ । अर्थात् कुनैपनि देशमा लगानी गर्नको लागि माहोल कत्तिको अनुकूल छ ? भनेर गरिने अध्ययन नै डुईङ विजिनेस हो । 

यदि कुनै पनि कम्पनीहरु नेपालमा लगानी गर्न आउन लागे भने उनीहरुले धेरै कानूनी झण्झटहरु बेहोर्नु पर्ने हुन्छ । पहिले नेपाल राष्ट्र बैंकबाट स्वीकृति, नेपाली साझेदारको खोजी, विभागमा दर्ताको झण्झटिलो प्रक्रिया जस्ता कारणहरुले विदेशीलाई नेपालमा लगानी गर्नको लागि झण्झटिलो प्रक्रिया रहेका छन् । 

कसरी तय गरिन्छ 'डुईङ विजिनेस र्‍याङ्किङ ?'
यो सूचक तयार पार्नको लागि विश्व बैंकले विभिन्न १० सूचकहरु तय पारेको छ । त्यो सबै सूचकांकमा १ सय ९० वटै देशले पाएको अंक क्रमशः राखिन्छ । यसको सूचक तयार पार्दा डिस्टेन्स टू फ्रन्टियर ९डीटीएफ० प्रणालीको आधारमा अंक तयार पारिन्छ । जसमा विश्वको अर्थतन्त्रका अन्य सूचकहरुको आधारमा अन्य अर्थव्यवस्थामा कत्तिको राम्रो प्रदर्शन गरिरहेको छ ? त्यसैको आधारमा यसको रिपोर्ट तयार पारिन्छ । 

के के हुन् १० सूचकहरु ? 

१. व्यवसायको शुरुआत : 
यस अन्तर्गत् कुनैपनि नयाँ व्यवसाय सूर गर्नको लागि देशमा काननी अवस्था, शान्ति सुरक्षाको अवस्था, अनुमती लिनको लागि हुने प्रक्रियागत झण्झट जस्ता विषयहरु हेरिन्छ । यसमा जुन देशमा यो सबै कुराको सन्तुलित अवस्था छ । त्यसलाई नै उत्कृष्ट नम्बर दिईन्छ । 

२. विद्युतको पहुँच : 
कुनैपनि उद्योग तथा व्यवसाय सञ्चालनको लागि समेत विद्युत अत्यावश्वक हुन्छ । त्यसको लागि देशमा विद्युतको सुविधा, शुल्क र यसको वैकल्पिक अवस्था कस्तो छ ? त्यो विषय दोस्रो नम्बरमा हेरिन्छ । 

३. निर्माण कार्यको लागि स्वीकृति ः
यसभित्र कुनैपनि भवन तथा अन्य निर्माणका कार्यहरुको लागि स्वीकृति लिनुपर्ने प्रक्रिया कस्तो छ ? यसमा कति समय लाग्छ र कति पैसा तिर्नुपर्छ ? यो विषय पनि यो सूचक भित्र पर्दछ । यसबाहेक बिल्डिङ्ग गुणवत्ता नियन्त्रण सूचकांक, बिल्डिङ्गको लागि बीमा तथा सर्टिफिकेटको लागि कति समय, पैसा आदि लाग्छ रु इत्यादि यो सूचकांक भित्र पर्दछ । 

४. सम्पत्ति दर्ता :
कुनैपनि उद्योग वा व्यवसायको लागि आवश्यक जग्गा खरिद, विक्री वा भाडामा लिनको सहजता कस्तो छ ? यसको लागि बैंकबाट ऋण लिन सक्ने प्रक्रिया कस्तो छ ? यस्तो विषयमा यो सूचकांकले हेर्दछ । प्रत्येक अर्थव्यवस्थामा भूमि अधिग्रहण तथा भूमि प्रशासन प्रणालीको गुणवत्तालाई समेत यसमा समावेश गरिन्छ । 

५. ऋण प्राप्त करना :
डूइङ्ग बिजनेस रिपोर्ट अन्तर्गत कुनैपनि व्यवसायीले व्यापार बढाउनको लागि कति सहज तरिकाले या कठिन तरिकाले ऋण लिन सक्छ ? कति मात्रासम्म कस्ता शर्तहरुमा ऋण लिन सकिन्छ ? त्यो पनि हेर्ने गरिन्छ । 

यस बाहेक साना लगानीकर्ताहरुको संरक्षण, करको संरचना तथा कर तिर्ने प्रक्रिया, सीमा पार व्यापारको अवस्था, सम्झौता सम्बन्धी नियमहरु र कम्पनी दर्ताको प्रक्रिया आदिको विषयमा सूचक तयार पारिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ