arrow

अनलाईन भुक्तानी प्रणालीको स्वीकृतिको लागि २७ कम्पनी प्रक्रियामा 

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
NRB.JPG

काठमाडौं । नेपालमा अहिले २७ वटा कम्पनीहरु अनलाईन भुक्तानी सेवा दिनको लागि प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली शाखाका अनुसार अहिले ती कम्पनीहरुलाई आवश्यक पूर्वाधार तयार पार्नको लागि निर्देशन समेत दिईसकिएको छ । 

अहिले स्वीकृति नपाएका विभिन्न वित्तीय संस्थाहरु तथा अनलाईन भुक्तानीको काम गर्नकै लागि भनेर खुल्न लागेका सेवाग्राहीहरु सहित २७ कम्पनीहरुलाई आवश्यक पूर्वाधार तयार पार्नको लागि स्वीकृति दिईसकेको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । 

विभागका अनुसार अहिलेसम्म भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) तर्फ प्रभु टेक्नोलोजी प्रा.लि., नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडलाई अनुमती पत्र प्रदान गरिसकिएको छ । भुक्तानी सेवा प्रदायक (पीएसपी) तर्फ आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र ई–सेवा फोन पे प्रा.लि.ले अनुमति पत्र पाएका छन् । 

केही समय अघि हाम्राकुरा डटकमले वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी नामको समाचार आएपछि चीनसँगको कारोबारलाई व्यवस्थित गर्ने भन्दै एक सेवाप्रदायक संस्थाले नेपाल राष्ट्र बैंकमा फाईल पेश गरेको समेत विभागका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार अहिले अनलाईन पेमेन्ट सिस्टमअनुसार नेपाल राष्ट्र बैंकका दर्ता भएका बाहेक अरु सेवाप्रदायकहरुले समेत कारोबार गरिरहेको ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ