arrow

रुपन्देही कोटहिमाइका विपन्न किसानहरुलाई ५० लाख बढिको कृषि साम्रगी हस्तान्त्रण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
saman.jpg

कपिलवस्तु ।  रुपन्देहीको दक्षिणी पश्चिमी पिछडिएको क्षेत्रमा एक कार्यक्रमका बिच स्थानीय किसानहरुलाई कृषि जन्य साम्रगी तथा साधनहरु वितरण गरिएको छ । कोटहीमाई गाउंपालिकाको वडा नं ४बैरघाट मा आइतबार एक कार्यक्रमका बिच उक्त साम्रगीहरु वितरण गरिएको हो ।

कतार च्यारिटी नेपालको सहयोग र लुम्विनी एकिकृत विकास संस्था कपिलवस्तुको व्यवस्थापनमा उत्त साम्रगीहरु वितरण गरिएको हो । स्थानीय गाउंपालिकाले छनौट गरेका विपन्न तथा गरिव किसानहरुको लागी आर्यआजर्न गर्नको लागी जिवविको पार्जन परियोजना साना किसान सहायता कार्यक्रम संचालन गरी उनिहरुलाई साम्रगी वितरण गरिएको हो ।

स्थानीय किसानहरुको खेत जोत्नको लागी २ वटा हाते ट्याक्टर  १७ जना किसानहरुलाई ८,८ घारका दरले मौरीका घार, ३८ जनालाई एक सय वटाका दरले लेर्यस  कुखुराका चल्ला तथा दाना र खोर निर्माणको लागी जाली वितरण, २५ थान खानेपानीको लागी हेण्ड पम्प वितरण तथा ११ जनालाई  ५ वटाको दरले जमुनापारी बाखा्र वितरण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा वोल्दै संघिय सासंद अतहर कमालले विपन्न किसानहरुको आयआजर्नको लागी तालिम तथा कृषि जन्य साम्रग्री वितरणले जिविकोपार्जन तथा आयस्तर उठाउन सहज हुने बताए । वितरण गरिएको साम्रग्रीको सही सदुपयोग गर्नको लागी स्थानीय किसान तथा गाउंपालिको निगरानी हुनु पर्ने बताए । त्यस्तै सांसद प्रमोद यादवले पिछडिएको क्षेत्रमा किसानमुखी कार्यक्रम ल्याएर किसानहरुलाई कृषि पेशामा व्यवसायीक तर्फ लैजानु पर्ने काम भएको हुंदा यसको किसानलाई प्रतक्ष फाइदा पुग्ने बताए ।

त्यस्तै ५ नं प्रदेशका प्रदेश सदस्य वासिउद्धिन मुसलमनले किसानहरुको आयस्तर बढेमा आर्थिक तथा  सामाजिक क्षेत्रको विकास हुने बताए । कोटहिमाई गाउंपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले कतार च्यारेटी नेपाल र लिडो नेपालले गाउंपालिका आएर स्थानीय जनताको आयस्तर वुद्धिमा ठुलो योगदान दिएकोमा गाउंपालिकाको तर्फवाट धन्यवाद ज्ञापन गरे । साथै यादवले आगामी दिनमा अन्य वडा तथा विपन्न वर्गका जनताहरुको आर्यआजर्न र चेतनामुलक कार्यक्रम गर्नको लागी संस्थालाई आग्रह समेत गरे ।

कतार च्यारेटि नेपालका कार्यक्रम् अधिकृत जियाउल रहमान खांले नेपालका विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्न र सचेतना मार्फत दिगो विकास र समुदायको रुपान्तराण्को लागी यस्ता कार्यक्रमहरु संचालनमा ल्याएको वताए । स्थानीय किसानहरुलाई गाउंपालिको समन्यवमा तालिम तथा साम्रगीहरु वितराण् गरिएको समेत खांले बताए । ८ घार मौरी पाएका कोटहिमाई गाउंपालिका वडा नं ५ का स्थानीन अब्दुला खांले ३ दिने मौरी पालन तालिम प्राप्त गरी मौरी पाएपछि राम्रोसंग मौरी पालेर आयआर्जन गर्ने बताए ।

  त्यस्तै वडन नं ७ का इसराक अहमदले १०० वटा चल्लालाई राम्रोसंग पालेर वार्षिक रुपमा ६० हजार बढि रकम कमाउने योजना रहेको बताए । वितरण कार्य्रकमा वडा सचिव रुद्रमणी घिमिरेको संचालनमा भएको थियो । सो अवसरमा स्थानीय नेता आशुतोष मिश्रा, गुरु वचन यादव,विरेन्द्र पाल लगायतले किसानहरुलाई दिएको साम्रग्रीको सही रुपमा सदुपयोग गर्नको लागी आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ