arrow

शहीद स्मारक ए डिभिजन लिगमा एपिएफ विजयी

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
apf.png

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आइतबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले सरस्वती युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । एपिएफका लागि रुपबहादुर लामाले दुई गोल गरे ।

 उनले खेलको १८औँ तथा ८७औँ मिनेटमा युवराज लामाले ४३औँ मिनेटमा तेस्रो गोल गरेका थिए । एपिएफ जितसँगै १० अङ्कसहित लिगको सातौँ स्थानमा छ भने सरस्वती क्लब ६ अङ्कसहित नवौँ स्थानमा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ