arrow

केन्द्रीय समितिले पास गर्‍यो कांग्रेसको आर्थिक नीति

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
congress-meeting2.jpg

काठमाडौं । नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले  सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत समेटेर पारित गरेको छ ।

डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सहमहामन्त्री एंव  समितिका संयोजक डा. महतले  जानकारी दिए ।

यो प्रस्ताव कांग्रेसको महासमितिको  मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ