भारतीय केन्द्रीय बैंकका गभर्नर पटेलद्वारा राजीनामा, यस्तो छ कारण
प्रकाशित २०७५ मंसिर २४ सोमबार
902
Shares
काठमाडौं । भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । भारतीय सञ्चार संस्था एएनआईले दिएको जानकारी अनुसार सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले राजीनामा दिएको बारे कसैलाई पनि दोष दिएका छैनन् । उनले राजीनामा आफ्नो व्यक्तिगत कारणले दिएको बताएका छन् । पछिल्लो समय केही योजनाहरुको विषयमा केन्द्र सरकारसँग केन्द्रीय बैंकको खटपट भईरहेको थियो ।
पटेल केन्द्रीय बैंकलाई सही रुपमा सञ्चालन गर्ने एक कुशल गभर्नरका रुपमा चिनिन्छन् । पछिल्लो समय भारतको केन्द्रीय सरकारसँग तीब्र असन्तुष्टि चुलिएको भएपनि उनले अन्ततः व्यापक दबाबका बीच सरकारको अभियानलाई सफल हुने योजनामा हस्ताक्षर गरेका थिए । गत ५ डिसेम्बरको दिन भएको केन्द्रीय बैंकको बैठक पछिको पत्रकार सम्मेलनमा पनि पटेलले सरकारलाई नै सहयोग हुने गरी रिपो दरलाई यथावत राखेका थिए ।