arrow

राजीनामापछि मोदी र जेट्लीको एक पछि अर्को ट्वीट, पटेलको उच्च प्रसंशा

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
arun-modi.jpg

काठमाडौं । भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री अरुण जेट्लीले उनको उच्च प्रशंसा गरेका छन् । सरकारसँग विवाद भएर राजीनामा दिएको भनिएका पटेललाई इमान्दार र कर्मनिष्ठ कर्मचारीको रुपमा उनीहरुले प्रशंसा गरेका हुन् । 

प्रधानमन्त्री मोदीले एक पछि अर्काे ट्वीटमा भनेका छन्, 'डाक्टर उर्जित पटेल बहुत उच्च कोटीका अर्थशास्त्री हुन् । उनले माईक्रो इकोनोमिक मुद्दाहरुमा गहिरो ज्ञान छ । उनले बैंकिङ प्रणालीको अराजकताबाट निकालेर व्यवस्थित तथा अनुशासित गरेका छन् । उनको नेतृत्वमा आरविआईमा वित्तीय स्थिरता आएको छ ।' 

त्यस्तै, वित्तमन्त्री जेट्लीले ट्वीटमा भनेका छन्, 'गवर्नर तथा डेप्युटी गवर्नरको रूपमा डाक्टर उर्जित पटेलद्वारा देशको सेवाको सरकार प्रशंसा गर्दछ । उनको साथ काम गर्नु मेरालागि खुशीको कुरा हो । म उनको विद्वताबाट म लाभान्वित भएको छु । म उनको उज्जवल भविष्यको कामना गर्दछु ।' 

प्रधानमन्त्री तथा अर्थमन्त्रीले दुई दुई वटा ट्वीट गरेका छन् । गभर्नर पटेलले सोमबार आफ्नो पदबाट राजीनामा दिएपछि भारतीय अर्थतन्त्रमा नयाँ चर्चा चुलिएको छ । लामो समयदेखि केन्द्र सरकारसँगको अन्तद्वन्द्वकाबीच पटेलले राजीनामा दिएका हुन् । उनले यो राजीनामा आफ्नो व्यक्तिगत विवादका कारण भएको बताएका छन् । तर, यो सामान्य नागरिकले पनि बुझ्न सक्छन् कि व्यक्तिगत भन्दा पनि केन्द्र सरकारसँगको विवादका कारण नै उनले राजीनामा दिएका हुन् । 

पटेल केन्द्रीय बैंकलाई सही रुपमा सञ्चालन गर्ने एक कुशल गभर्नरका रुपमा चिनिन्छन् । पछिल्लो समय भारतको केन्द्रीय सरकारसँग तीब्र असन्तुष्टि चुलिएको भएपनि उनले अन्ततः व्यापक दबाबका बीच सरकारको अभियानलाई सफल हुने योजनामा हस्ताक्षर गरेका थिए । गत ५ डिसेम्बरको दिन भएको केन्द्रीय बैंकको बैठक पछिको पत्रकार सम्मेलनमा पनि पटेलले सरकारलाई नै सहयोग हुने गरी रिपो दरलाई यथावत राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ