arrow

मारुती सिमेन्टद्वारा निर्माणकर्मीका लागि ५ लाखसम्मको वीमा योजना

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
maruti.jpg

काठमाडौं । मारुती सिमेन्टले आफ्ना निर्माणकर्मीहरुको लागि ५ लाख रुपैयाँ बराबरको बीमा योजना ल्याएको छ । काम गर्ने क्रममा चोटपटक लागेका र गम्भीर दूर्घटनामा परेकाहरुको लागि नियमानुसार सो राशीसम्मको वीमा योजना ल्याईएको मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिए । दूर्घटना तथा औषधोपचारको लागि यो योजना आकर्षित हुने पनि बतार्इएको छ । 

श्रेष्ठले कार्यालयको कामको क्रममा घाईते भएका कामदारहरुलाई आर्थिक अभावले उपचार गर्न र काम गरेको पैसा उपचारमा नै खर्च गर्न नपरोस् भनेर यस्तो योजना ल्याईएको जानकारी दिए । यसले उनीहरुलाई केही गरि चोटपटक लागेमा पनि आफ्नो पारिश्रमिक रकमबाट खर्च गर्नपर्ने समस्या नरहेको बताए ।  

सोमबार एक कार्यक्रमको आयोजना गरी सो वीमा योजनाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बिभिन्न कलाकारले सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हास्यव्यंग्य प्रस्तुति देखाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ