arrow

जनकपुरमा सीताको ‘इन्गेजमेन्ट’

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
Janaki_Mandir_Janakpur.jpg

धनुषा । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र सोमबार तिलकोत्सव सम्पन्न भएको हो । 

पाँचौँ दिन मंगलबार मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफलबाट विवाह तय गरिन्छ । 

तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । 

तिलकोत्सव भनेको बिहेका लागि गरिने टीकाटालो अर्थात् ‘इङगेजमेन्ट’ हो । तिलकोत्सवमा जनकपुर आइपुगेका सम्पूर्ण श्रद्धालु र नगरवासीको सहभागिता रहेको थियो । 

विगतभन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ