arrow

बजार अनुगमन सुरु, सार्वजनिक क्षेत्रमा नीजि सम्पति नराख्न आग्रह

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
anugaman_(1).jpg

गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका अनुसार बजारमा भइरहेको गतिविधि बुझ्ने र उपभोक्ता हित विपरित काम भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य अनुसार बजार अनुगमन सुरु गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

आइतबार र सोमबार गरी दुइ दिनको अवधिमा करिव ३० वटा वटा पसलमा अनुगमन गरिएको जानकारी दिदै अधिकृत भण्डारीले अनुगमनको क्रममा बिक्रीको लागि राखिएका सामानहरु म्याद नाघ्न थालेका भेटिएको, होटलहरुमा घरेलु मदिरा बिक्रि भइरहेको भेटिएको र अवैध घरेलु मदिरा भने सुरक्षाकर्मीहरुले नष्ट गरेको बताए ।

नगरपालिकाका अधिकृत भण्डारी  र पत्रकार कर्मचारी, सुरक्षाकर्मी  सहितको टोलीले  वामीटक्सार बजार विभिन्न पसलहरुमा अनुगमन  गरिएको हो । अनुगमनको क्रममा सामानहरुको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भएको वा नभएको, नगरपालिकामा दर्ता भएको नभएको लगायता विविध पक्षको जाँचबुझ गरीने भण्डारीले जानकारी दिए ।

पहिलो दिन भएको र आगामी दिनमा निरन्तर रुपमा अनुगमनलाई तिव्रता दिइने बताइएको छ । भने सुरुवाती चरणमा मापदण्ड विपरितका पसलहरुलाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने बताइएको छ । बजारमा निजि सम्पती नराख्न आग्रह ।

यसैबिच वामीटक्सार बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्रीहरु राख्ने क्रमले बजार क्षेत्रमा अस्तव्यस्ता बढेको छ । विशेष गरि सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रम लगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुको साथै बजारमा हिडडुल गर्ने यात्रुहरुलाइ पनि समस्या भइरहेको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।

त्यसैगरी सार्वजनिक क्षेत्रमा गिटी बालुवा राख्ने काम पनि हुने गरेकोले यसरी अव्यवस्थित रुपमा सार्वजनिक क्षेत्रमा सामग्रीहरु राखिदा बजारको सौन्दर्यतामा हानी पुग्नुको साथै दुर्घटनाको जोखिम समेत बढ्ने तर्फ ध्यान दिनुपर्ने देखिएको छ ।

मुसिकोट नगरपालिकाले बजार अनुगमन निर्देशिका निर्माण गरि कार्यान्वयनमा पनि ल्याइसकेको छ । सो निर्देशिका बमोजिम अनुगमन सुरु गर्न लागिएको मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए ।

‘हामीले बजार अनुगमन निर्दे्शिका बनाएका छौ’ भण्डारीले भने ‘सार्वजनिक स्थलमा निजि सम्पती राख्न पाइदैन, यदि कसैले यस्तो गरेको छ भने कारवाही हुन्छ’ । उनले पटक पटक सामान हटाउन आग्रह गर्दा पनि नटेरेमा जरिवाना सहित अन्य कारवाहीको प्रक्रियामा पनि अगाडी बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ