arrow

'एक्लै ४८ हजार जनाको नागरिकता बोक्नेले म विरुद्ध मूर्दावादको नारा लगाए' 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
chiranjeevi_nepal2.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले सेयरबजारको समस्या समाधान गर्न खोज्दा आफूले पनि धेरै दुख पाएको गुनासो गरेका छन् । मंगलबार संसद्को अर्थ समितिमा बोल्दै गवर्नर नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले १२ वर्ष अघि आफू पनि धितोपत्र बोर्डको अध्यक्ष बन्दा एउटै व्यक्तिले ४८ हजार वटा नागरिकताको फोटोकपि गरेर लिएर हिँडेको भेटेपछि सेयर भर्नको लागि अनिवार्य बैंकखाता चाहिने व्यवस्था लागू गरेको स्मरण सुनाए । यस्तो व्यवस्था गर्दा लगानीकर्ताहरुले आफू विरुद्ध समेत मूर्दावादको नारा लगाएको भन्दै नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल तर्फ ईंकित गरेका थिए । 

गभर्नर नेपालले यस्तो आरोप लगाईँरहँदा अध्यक्ष पौडेल भने मुस्कुराईरहेका थिए । मंगलबारको बैठकमा सेयरबजारमा देखिएका समस्याहरुको समाधान गर्नको लागि बोलाईएको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, गवर्नर नेपाल लगायतका सरोकारवाला निकायहरुको बैठक बसेको थियो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको रिजर्भेसनका कारण ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ सेवा उपलब्ध गराउने व्यवस्था गर्न नसकेको आरोप लगाएका छन् । अर्थ समितिले नेपालको पुँजीबजारको समस्या र समाधानका उपायको बारेमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष कार्कीले मार्जिन ट्रेडिङ संसारभर रहेको तर कुनै पनि देशमा केन्द्रीय बैंकले हस्तक्षेप नगर्ने भन्दै नेपालमा पनि धितोपत्र बोर्डले स्वतन्त्र रुपमा त्यस्तो व्यवस्था गर्न पाउनुपर्ने बताएका हुन् ।

मार्जिन ट्रेडिङका लागि धितोपत्र बोर्डले अघिल्लो वर्ष नै कार्यविधि बनाएको भन्दै कार्कीले राष्ट्र बैंकले रिजर्भेसन नदेखाए तुरुन्त मार्जिन ट्रेडिङको व्यवस्था मिलाउन सक्ने दाबी गरे । हाल बैंकहरुको ऋणपत्रमा ब्याजदर निर्धारण समेत आफूहरुले गर्ने गरेको भन्दै मार्जिन ट्रेडिङका क्रममा ब्याजदरको निर्धारण गर्न समेत बोर्ड सक्षम रहेको दोहोर्याएका थिए । बैठकमा अध्यक्ष कार्कीले हाल कुल जारी शेयरमध्ये ९८ प्रतिशत डिम्याट मएको तथ्याङ्क समेत प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ