arrow

गुल्मीमा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनौट प्रतियोगिता

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
gulmi-game.jpg

गुल्मी ।  जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनौट प्रतियोगिता मङ्गलवार  उद्घाटन गरिएको छ । जिल्ला खेलकुद छनौट प्रतियोगिताको उद्घाटन् गदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खेलकुद व्यक्तिगत जीवनका लागि मात्र नभएर सामाजिक तथा राष्ट्रिय जीवनका लागि पनि महत्वपुर्ण विधा भएको बताए ।

हिजोको दिनमा खेलकुद मनोरञ्जनका रुपमा लिइने गरेता पनि अहिले खेलकुद व्यक्तिगत तथा राष्ट्रिय जीवनको लागि पनि यसको महत्व भएकाले सरकारले एक महत्वपुर्ण विधाका रुपमा लिएको बताएका थिए ।उनले देश संघियतामा गएसँगै अहिले निमार्ण भएका स्थानीय सरकार तथा प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई अत्यन्तै महत्वपुर्ण रुपमा हेरेको बताए ।

उद्घाटन कार्यक्रममा आइटी.एफ. तोक्वान्दो साउथ यशिएन खेलमा प्रथम भएका विरेन्द्र कुवँर, द्धितिय हुने आशिम बुचा, गरिमा छन्तेललाई सम्मान् गरिएको थियो । यस्तै आइ.टी.एफ. तोक्वान्दो साउथ यशिएन खेलमा तेश्रो हुनुभएका सविना श्रेष्ठ, भुवन श्रेष्ठ, विपिन श्रेष्ठ, विक्रम पचभैया तथा राष्ट्रिय तेक्वान्दो खेलमा तेश्रो हुनु भएका सागर श्रेष्ठ, विकल पौडेल, प्रशान्त के.सी.लाई पनि सम्मान् गरिएको थियो ।

 यस्तै प्रदेशस्तरीय आइ.टी.एफ. तोक्वान्दो प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल पुजा रसाइलीलाई पनि सम्मान् गरिएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा तेश्रो स्थान हाँसिल गर्न सफल सपना सारु मगरलाई पनि सम्मान् गरिएको थियो । १० औं राष्ट्रपति क्षेत्रीय प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्न सफल दिपा पुन, सचिन पुन अनि तेश्रो स्थान हाँसिल गर्न सफल कश्मिरा थापा, निशा पौडेल, दिपेश पुनलाई सम्मान् गरिएको थियो ।

१० औं राष्ट्रपति रनिङ्गशिल्ड क्षेत्रीय खेलकुद प्रतियोगिता कबड्डी खेलमा प्रथम भएका सविन क्षेत्री, सचिन क्षेत्रि, कल्पना कार्की, गंगा राकसकोटी, सिता राना, चुरी राना, बिना तरामु, सिर्जना राहडीलाई सम्मान् गरिएको थियो ।

छनौट प्रतियोगितामा महिला–पुरुष भलिबल, पुरुष फुटबल, महिला–पुरुष कबड्डी प्रतियोगिता, पुरुष क्रिकेट, तेक्वान्दोमहिला–पुरुष, कराँते महिला–पुरुष, बक्सीङ पुरुष, ब्याडमिन्टन महिला–पुरुष, टेबलटेनिस महिला–पुरुष, एथ्लेटिक्स महिला–पुरुष र आई.टि.एफ. तेक्वान्दो महिला –पुरुष प्रतियोगिता गरी ११ वटा खेलमा छनौट गरीने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिनुभयो । छनौट प्रतियोगिता यहि मंसिर २८ गतेसम्म सदरमुकाम तम्घासमा सञ्चालन हुनेछ । जिल्लामा छनौट भएका खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौटमा जानेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ