arrow

'व्याकअप सिस्टम' छाडेर गभर्नर नियुक्त गर्नु मोदी सरकारको अर्को भूल 

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
RBI.jpg

नयाँदिल्ली । भारत सरकारले केन्द्रीय बैंकको गवर्नर नियुक्त गरेका छन् । सोमबार तत्कालीन गवर्नर उर्जित पटेलले राजीनामा दिएपछि मंगलबार नै सरकारले नयाँ गवर्नर नियुक्त गरेका हुन् । यो सँगै मोदी सरकारमाथि आफ्ना विश्वास पात्रलाई पदमा ल्याउनको लागि पुराना गवर्नरलाई राजीनामा गर्न लगाईएको भन्ने आरोप लाग्न थालेको छ । 

आरविआईमा व्याकअप सिस्टम हुँदा हुँदै त्यसलाई काममा नलगाई आफ्ना विश्वास पात्रलाई भोलिपल्टै नियुक्त गर्नुले मोदी सरकारको आलोचनाको लागि अर्को आधार तयार भएको छ । जानकारहरु भन्छन् यसले भाजपालाई झनै समस्या हुन सक्छ । आजको भोलि अर्को गवर्नर नियुक्त गरिँदा राम्रो सन्देश नजाने उनीहरुको तर्क छ । आफ्नो व्यक्तिगत कारण भन्दै आरविआईका तत्कालीन गभर्नर पटेलले दिएको राजीनामा पनि सरकारको दबाबकै कारण भएको यसले स्पष्ट हुने पनि जानकारहरु बताउँछन् । पटेलको राजीनामालार्इ नै मुद्दा बनाएर चुनावमा जान लागेका विपक्षीहरुलार्इ यो झन् अर्को मुद्दा बनेको छ ।    

सरकारको आर्थिक मामलाका पूर्व सचिव तथा फाइनान्स कमिसनका मौजूदा सदस्य शक्तिकान्त दासलार्इ रिजर्व बैंक अफ इन्डियाको नयाँ गभर्नर चुनेका हुन् । शक्तिकान्त दासलार्इ प्रधानमन्त्री नरेन्द्र मोदीको  निकट मानिन्छ । नोटबन्दी तथा जीएसटी जस्ता आर्थिक फैसलाको श्रेय पनि धेरै हदसम्म उनलार्इ नै मानिन्छ ।  

तर, यो निर्णय भारत सरकारले गरेको गलत निर्णयको रुपमा लिने गरिन्छ । भारतका पूर्व मुख्य सांख्यिकीविद प्रोनब सेनले भनेका छन्, 'आरविआईमा यो कार्यभार सम्हाल्नको लागि एउटा व्याकअप सिस्टम छ । त्यो सिस्टमले नै तत्काल काम गर्न सक्छ । यदि राजीनामाको एक साता भित्र नै कसैलाई नियुक्ति दिईयो भने बाहिर सोही व्यक्तिलाई ल्याउनको लागि राजनीतिक खेल खेलेको भन्ने आरोप लागेर गभर्नरलाई नै विवादमा तानिन्छ ।' त्यसैले सीमित समयको लागि सोही सिस्टमलाई काम गर्न दिनुपर्ने उनको तर्क छ । यो राजीनामाले आरविआई र सरकारलाई नै यसले ठूलो नोक्सान गराउने भन्दै यसको सही विकल्प त्यही सिस्टमलाई सक्रिय गराउनु हुने प्रतिक्रिया दिए । 

आर्थिक मामलका सचिवको रुपमा २०१५ देखि २०१७को बीचमा दासले केन्द्रीय बैंकसँग नजिक भएर काम गरे । यस समय उनी जी २०मा सरकारका प्रतिनिधि पनि भएका थिए । १९८० व्याचका तमिनाडुका आईएएस अधिकारी शक्तिकान्तले २०१४मा राजस्व सचिवको पद समेत सम्हालेका थिए । नरेन्द्र मोदीले सत्ता सम्भालेपछि उनी वित्त मन्त्रालयमा ल्यार्इएका वरिष्ठ अधिकारी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ