arrow

च्याम्पियन्स लिगको नकआउटमा पुग्ने १६ टिमको छिनोफानो हुँदै, लिभरपुलसहित कुन कुन टिम पुगे अहिलेसम्म 

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
football-liverpool.jpg

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्ने १६ टिमको छिनोफानो बुधबार राति हुँदैछ ।

समूह चरणका खेलहरु राति सकिँदै गर्दा सबै टिमको टुंगो लाग्नेछ । यसअघि मंगलबार राति भएका खेलमा विजयी हुँदै इङ्लिश क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर तथा फ्रेन्च क्लब पिएसजी नकआउट चरणमा प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलमा लिभरपुलले फ्रेन्च क्लब नापोलीलाई १–० ले हरायो । एनफिल्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ३४औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो । उनले जेम्स मिल्नरको पासलाई गोलमा परिणत गरेका थिए ।

 

Mohamed Salah was the man of the moment for Liverpool once again and broke the deadlock in the 34th minute of the gameThe Egyptian worked his way into the area and smashed his shot through the legs of David Ospina in goalThe keeper seemed to predict that Salah would go for a cutback but Salah called his bluff and went for goal 

The Liverpool goalkeeper staying big and the replacement Napoli striker could hardly believe his eyes

 लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट फ्रेन्च लिग वान क्लब पिएसजी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । 

पिएसजीले सर्वियन क्लब रेडस्टार बेलग्रेडलाई ४–१ ले हराएको थियो । अग्रपंंक्तिका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेका थिए । एक गोल माक्विनोसले जोडेका थिए । यो समूहबाट ११ अंकसहित पिएसजी तथा ९ अंकसहित लिभरपुल नकआउट चरणमा प्रवेश गरे । 

Neymar scored a sublime individual effort as PSG cruised to victory at Red Star Belgrade

The French side's victory saw them qualify top of the group for the knockout stages

Neymar was on the scoresheet with a curling effort as the visitors dominated 

Cavani spearheaded the attack and was another to score at Rajko Mitic Stadium

अर्को खेलमा स्पेनिश क्लब बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै टोटनह्याम हट्सपर पनि नकआउट चरणमा उक्लिएको छ ।

यो समूहबाट बार्सिलोना यसअघि नै समुह विजेताको रुपमा नकआउटमा पुगिसकेको थियो । 

Lucas Moura scored a late equaliser as Tottenham held Barcelona to a 1-1 draw in Champions League Group B

 

Brazilian Moura slammed home from close range to give Spurs the goal their play had deserved on a testing night in CataloniaFrance speedster Ousmane Dembele had earlier given Barcelona the lead after just seven minutes on Tuesday evening

Dembele dispossessed Champions League debutant Kyle Walker-Peters in the build-up to scoring the game's opening goal

समुहको अर्को खेलमा ईटालियन क्लब ईन्टर मिलान र डच क्लब पिएसभी आईन्डोभनले १–१ गोलको बराबरी खेल्दै बाहिरिए ।

समूह ए बाट जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिश क्लब एथ्लेटिको मड्रिड यसअघि नै अन्तिम १६ मा पुगेका छन् । मंगलबाररातिको खेलमा बोरुसियाले मोनाकोलाई २–० ले हराउँदा एथ्लेटिको मड्रिड र बेल्जियन क्लब ब्रुजले गोलरहीत बराबरी खेले ।

यसैगरी समूह डी को खेलमा पोर्चुगलको एफसी पोर्टोले टर्किस क्लब गालातासारेलाई ३–२ ले हराउँदा जर्मन क्लब शाल्काले रसियन क्लब लोकोमोटिभ मस्कोलाई १–० ले हरायो । 

समूह डी बाट एफसी पोर्टो र शाल्का अन्तिम १६ मा पुगेका छन् । 

बुधबार राति समूह इदेखि एचसम्मका समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ