arrow

देउसीको रकमबाट डस्टबिन बितरण

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
dusbin.jpg

पाल्पा । पाल्पाको रामपुरमा सामाजिक काममा सक्रिय  फ्रेण्डसीप युवा क्लबले रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रहरुमा डस्टबिन राखेको छ । क्लबले तिहारमा देउसीभैलो खेलेर उठेको रकमबाट रामपुर नगरपालिका वडानम्बर ५ को बेझाड, वडानम्बर ७ को किसानबारी, वडा नम्बर ६ को बिजयपुर, र वडा नम्बर ४ का विभिन्न टोल तथा गल्लीहरुमा २० वटा डस्टबिन राखेको हो ।

डस्टबिन राख्ने काम अघि क्लबका अध्यक्ष बिमल रानाको अध्यक्षतामा रामपुर नगरपालिका वडानम्बर ५ बेझाड चोकमा भएको औपचारिक कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहेका थिए । डस्टबिन राख्ने कामको शुभारम्भ गर्दै नगर प्रमुख थापाले क्लबले गरेको यस कार्य उदाहरणीय र प्रसंसनिय रहेको बताउदै रामपुर नगरपालिकालाई सुन्दर र सफा राख्ने कार्यमा सहयोग पुर्याएकोमा क्लबलाइ धन्यवाद दिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराई ,रामपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हुमनाथ न्यौपानेले क्लबले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता उदाहरणीय कामहरु गर्दै जान शुभकामना दिए । कार्यक्रममा अध्यक्ष रानाले गत तिहारमा देउसी खेलेर उठेको २०हजार रुपैयाबाट डस्टबिन खरिद गरिएको बताए । क्लबका सदस्य सुमन सुबेदीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन क्लबका सदस्य प्रेम सारुले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ