arrow

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
energy-minister-pun.jpeg

काठमाडौं ।अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चांसो देखाएका हुन् ।

अष्ट्रीयाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कष्टमर डे ’को अवसरमा आयोजित कार्यक्रमपछि उर्जामन्त्री पुनलाई भेट्दै उहांले अष्ट्रीया नेपालको उर्जा क्षेत्रका लगानी र अनुभव आदान–प्रदान गर्न ईच्छुक रहेको धारणा राखे । त्यसका लागी नेपाल सरकारलाई औपचारीक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उनको भनाई थियो ।
 
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पुनसंग बुधवार अष्ट्रीयाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियन र विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा निर्देशक मिचेलले उर्जा क्षेत्रमा औपचारीक सम्बन्ध स्थापना गर्न अष्ट्रीया ईच्छुक भएको धारणा राखेका थिए ।
 
‘नेपालमा जलविद्युतको ठुलो सम्भावना छ, हामी यहांको जलविद्युतमा लगानी गर्नुका साथै प्रविधीमा समेत सहयोग गर्न चाहन्छौ ।’ भेटमा क्षेत्रीय निर्देशक मिचेलले भने ।
 
उनले अष्ट्रीया सरकारले नेपालसंग औपचारीक रुपमा सहकार्यको लागी प्रस्ताव पठाउने जानकारी समेत दिए । उनले भने ‘हामी हाम्रो अनुभव नेपालसंग  बाड्न चाहन्छौ, त्यसका साथै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी पनि हामी ईच्छुक छौं ।’

जवाफमा उर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रीयाको प्रविधी संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रीयन कम्पनीहरुले काम गरिरहेको भन्नेमा आफु जानकार रहेको बताए । उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागी उपयुक्त वातावरण भएको धारणा राखे। नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले त्यसका लागी सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

मन्त्री पुनले उर्जा क्षेत्रमा सहकार्य गर्ने अष्ट्रीयाको प्रस्तावमा आफु सकरात्मक भएको भन्दै छिट्टै औपचारीक तहवाट सहकार्यसम्बन्धी छलफल अगाडी बढाउने जानकारी दिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ