arrow

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टिमको टुंगो, के के भयो बुधबार राति ?

रियाल मड्रिड, म्यान्चेस्टर युनाइटेड र युभेन्टसले टेके घुँडा

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ । बुधबार राति भएका समूह ई देखि एच सम्मका अन्तिम खेलहरु भएपछि अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको हो । 

समूह ईबाट बायर्न म्युनिख र आयाक्स अघिल्लो चरणमा पुग्दा बेनेफिका र एथेन्स बाहिरिए । अन्तिम खेलमा आयाक्स र बायर्नले ३–३ को बराबरी खेले । बेनेफिकाले एथेन्सलाई १–० ले हरायो । 

Bayern took the lead on 13 minutes at Ajax when Lewandowski was put through on goal

The Polish striker watches on as his curling right-footed effort goes beyond Andre Onana

समूह एफ्बाट म्यान्चेस्टर सिटी र लियों अन्तिम १६ मा पुगेका छन् । शक्तर दोनेस्क र होफनहेम बाहिरिएका छन् । अन्तिम खेलमा म्यान्चेस्टर सिटीले होफनहेमलाई २–१ ले हरायो । सिटीका लागि दुवै गोल लेरोए सानेले गोल गरे । शक्तर र लियोंले १–१ को बराबरी खेले । 

Leroy Sane carried over his explosive form from the first half to score his and Manchester City's second, on the hour mark

The forward held his nerve to jink past the onrushing goalkeeper and slot the ball around him into the back of the net

समूह जीबाट रियाल मड्रिड र एएस रोमा अर्को चरणमा पुग्दा भिक्टिोरिया प्लेजेन र सिएसकेए मस्को बाहिरिएका छन् । 

रियालले अन्तिम खेलमा भने घरेलु मैदानमै समूहको पुछारमा रहेर लिग सकाएको मस्कोसंग ३–० ले घुँडा टेक्यो । प्लेजेनले रोमालाई २–१ ले हरायो । 

The striker (centre) celebrates with Mario Fernandes (left) after breaking the deadlock

Isco looks dejected after watching his side fall further behind in the Champions League tieGeorgi Shchennikov (left) shoots past Courtois to double CSKA's lead against Real Madrid

समूह एचबाट युभेन्टस र म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा पुग्दा भ्यालेन्सिया र योंग ब्वाइज बाहिरिएका छन् । अन्तिम खेलमा छनोट भएका दुवै टिमले हारेका छन् । 

युभेन्टसले योंग ब्वाइजसंग २–१ ले हार्यो । त्यस्तै युनाइटेडले भ्यालेन्सियासंग २–१ ले घुँडा टेक्यो । 

Romero falls to his knees as Phil Jones scores a calamitous own goal just seconds after play restarted for the second half

The United defender was under pressure from Michy Batshuayi (right) as Jones tried to pass the ball back to his goalkeeper

Marcus Rashford scored a late consolation goal for United as he rose highest to head home four minutes from time


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ