arrow

सिँचाईको माग राख्दै ज्ञापन

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
Kanchanpur_District.png

कञ्चनपुर । महाकालि तटिय क्षेत्रका स्थानीय महिलाले गाउँमा सिँचाईको माग गर्दै एक सिचाई समितिमा ज्ञापन पत्र बुझाएका छन् । भीमदत्त नगरपालिका–१३ का रामानुज महिला शसक्तिकरण केन्द्रले बुधबार महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ ब्लक (ए)लाई ज्ञापन पत्र बुझाएका हुन् ।

 रामानुज महिला शसक्तिकरण केन्द्रका संयोजक राजु कुमारी सुनारले गाउँमा नहर पुगेपनि सिँचाईको व्यवस्था नभएका कारण ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार सिँचाई अभाव भएका कारण उत्पादनका कमि आएको छ ।

महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ ब्लक (ए)का अध्यक्ष कर्ण बहादुर कुँवरले बलौटे माटो भएका कारण नहर भत्किने समस्या रहेको बताउदै उनले समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

। निड्स नेपाल कञ्चनपुरद्धारा संचालित ट्रोसा परियोजनाका समाजिक परिचालक भुवनेश्वरी जोशीले गाउँमा नहर हुँदाहुँदै स्थानीयले सिँचाई गर्न नपाएको बताउदै सिँचाई सुविधानका लागि ज्ञापन पत्र बुझाईएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ