arrow

तीन सय रुपैयाँ घट्यो सुन

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
gold-pure1.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ । महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर आज प्रतितोला रु ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला रु ७३० मा कारोवार भएको चाँदी आज रु पाँचले बढी रु ७३५ मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ५१ हजार १० कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य भने रु ६३० तोकिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ