arrow

एनसीसी र सिजिजन लाइफबीच बीमा पोलिसी बिक्री गर्न सम्झौता

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
NCC-Bank-fb.jpg

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  लि. बीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धी सम्झौता नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बीमा पोलिसी बिक्री गर्न सम्झौता भएको छ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ  इन्स्योरेन्स कम्पनी लि.को इन्स्योरेन्स पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट  प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेको एनसीसीका प्रवक्ता बन्दना पाठकले जनाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ