arrow

एक महिनाभित्र पतञ्जलिको आइपिओ, के भने रामदेवले ?

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
ramdev1.jpg

नयाँ दिल्ली । पतञ्जली आयुर्वेदको आईपिओ आउने भएको छ । पतञ्जलीका संस्थापक बाबा रामदेवले छिट्टै स्टक एक्सचेन्जमा कम्पनीलाई सूचीकृत गर्ने तयारी गरिरहेको बताएका छन् । उनले स्पष्ट रुपमा आईपिओको नाम नलिएको भएपनि आईपिओको बारेमा सोधिएको प्रश्नमा एक महिना भित्रै यसको सुखद् समाचार मिल्ने बताएको भारतीय सञ्चार संस्था दैनिक भास्करले जनाएको छ ।  

रामदेवले एक कार्यक्रममा बोल्दै एक महिना भित्रै आईपिओ आउने संकेत गरेका हुन् । उनले आईपिओबारे स्पष्ट नबोलेपनि एक महिना भित्र एक शुभ समाचार पाउने बताएका थिए । संस्थाका अधिकारीहरुले यो शुभ समाचारको अर्थ आईपिओ ईंकित गरेको प्रतिक्रिया दिएका छन् । रामदेवले पतञ्जली कहिले स्टक एक्सचेन्जमा दर्ता हुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै यस्तो बताएका थिए । 

पहिले लिष्टिङ गर्न इन्कार गरिरहेका थिए रामदेव 
उनले गत अक्टोबर महिनामा पनि यही प्रश्नको उत्तरमा तत्काल स्टक एक्सचेन्जमा जान भन्दा पनि केही पुँजी बढाउने तर्फ आफू केन्द्रीत रहेको बताएका थिए । पतञ्जलि एक परोपकारी फार्म रहेको भन्दै समाचार संस्था पीटीआईसँगको कुराकानीमा बाबा रामदेवले भनेका थिए, उनले विजय माल्या जस्ता पात्रहरुबाट उद्योगलाई जोगाउनु पर्ने बताएका थिए । 

एचयूएललाई पछि पार्ने लक्ष्य 
बाबा रामदेवले एक कार्यक्रमका बीच भनेका थिए कि पतञ्जलि आयुर्वेदको लक्ष्य २०२० सम्म देशको  सबैभन्दा ठूलो एफएमसीजी कम्पनी हिन्दूस्तान युनिलीवरलार्इ टर्नओवरको मामलमा पछि पार्ने तथा २०२५ सम्म दुनियाँको  सबैभन्दा ठूलो एफएमसीजी ब्राण्ड बन्नु हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ