arrow

चौतारी लघुवित्तको शेयर बाँडफाँड, यसरी हेर्नुस् कति पर्यो

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
chautari_laghubitta.jpg

काठमाडौं । चौतारी लघुवित्तको शेयर बाँडफाँड गरिएको छ । एनआईबिएल एस क्यापिटल लि. को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणहरुलाई निष्काशन गरिएको सेयर शुक्रबार निष्कासन गरिएको हो । 

प्रति सेयर एक सय रुपैयाँ अंकित दरमा कूल ६ लाख कित्ता साधारण शेयरहरु शुक्रबार निष्कासन गरिएको हो। सो मध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ९ हजार ३ सय कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुका लागि मंसिर १९ गतेदेखि  मंसिर २३ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त शेयर बाँडफाँड गरिएको हो । 

बाँडफाँडमा परेका आवेदकहरुको विवरण शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट https://niblcapital.com/ मा हेर्न सक्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ