arrow

१० दिनका लागि बन्द भयो इन्द्रगौडा–छल्दी अन्त‍र्गतको सडकखण्ड

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
road2.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ५ को इन्द्रगौडा देखी छल्दीसम्मको सडकखण्डको बिचमा पर्ने भिरको  मोटरबाटो कटिङ गर्नुपर्ने भएकोले १० दिनका लागि सडक पूर्ण रुपमा बन्द गरिने भएको छ ।

आज देखि अर्थात शुक्रवारबाटै आउँदो पौष ८ गतेसम्मका लागि मोटरवाटो पूर्ण रुपमा बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

अध्यक्ष खत्रीले भने दोभानबाट भग्लाङ् सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको बताए ।

साथै यात्रुहरुको सहजताका लागि दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको सडक भएर पनि वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न  आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ