arrow

‘नश्लभेदी’को आरोप लगाउँदै घाना विश्वविद्यालयबाट हटाईयो गान्धीको शालिक

२ वर्ष अघि भारत सरकारले सो प्रतिमा विश्वविद्यालयलाई उपहार दिएको थियो

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
Gandhi-Statue-Ghana-Facebook-1.jpg

काठमाडौं । अफ्रीकी देश घानाको राजधानी अक्रामा रहेको घाना विश्वविद्यालयले भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्धीको प्रतिमा विश्वविद्यालयबाट हटाएको छ । विश्वविद्यालयमा अध्ययनरत छात्र छात्रा र प्राध्यापकहरुको समेत चर्काे विरोध पछि सो प्रतिमा हटाईएको हो । पछिल्लो दुई वर्षदेखि गान्धीको सो प्रतिमा हटाउनको लागि माग हुँदै आएको थियो । उनीहरुले गान्धीलाई नश्लभेदीको आरोप लगाउँदै दुई वर्ष अघि भारतले उपहार स्वरुप दिएको सो प्रतिमा हटाउन माग गर्दै प्रदर्शन समेत गरेका थिए । 

द गार्जियनको एक रिपोर्टका अनुसार गत ११ डिसेम्बरको राती गान्धीको प्रतिमा क्याम्पसबाट हटाईएको हो । रिपोर्टका अनुसार पछिल्लो दुई वर्षदेखि त्यहाँका बुद्धिजीवीहरुले गान्धीले दक्षिण अफ्रिकी देशका नागरिकहरुलाई अपमानजनक विचार राख्ने गरेको बताएका थिए । बुद्धिजीवीहरुको यो अभिव्यक्तिपछि गान्धीको सो प्रतिमा हटाउन माग हुन थालेको थियो । सो मागले तीब्र रुप लिन थालेपछि विश्वविद्यालयले सो प्रतिमा हटाएको हो । 

रिपोर्टका अनुसार, २०१५ मा दक्षिण अफ्रीकाका दुई लेखकहरुले आफ्नो एक किताबमा यो लेखिदिएका थिए कि ‘गान्धीले स्वतन्त्रता संग्राममा अफ्रिकीहरुलाई असभ्य नागरिकको रुपमा परिभाषित गर्दै अंग्रेजहरुले भारतीयहरुलाई पनि सोही मार्गमा हिंडाउन खोजेको आरोप लगाएका थिए ।’ ती लेखकहरुले १९०४ मा गान्धीले भारतीयहरुले अफ्रिकी जनतालाई भारतीयहरुले भेटेकोप्रति आपत्ति जनाएको कुरा समेत सो पुस्तकका लेखेका थिए । 

बीबीसीको रिपोर्ट अनुसार, आफ्नो सुरुवाती लेखमा गान्धीले अश्वेत दक्षिण अफ्रीकीहरुलाई ‘काफिर’ नामले सम्बोधन गरेका थिए। त्यो शब्द एकदमै अपमानजनक नश्लभेदी टिप्पणी हो। उनले यो पनि भनेका थिए कि अश्वेतहरुको तुलनामा भारतीयहरु धेरै गुणा सभ्य छन् । यो प्रतिमा भारत सरकारको तर्फबाट दिईएको थियो भने यसको अनावरण १४ जुन २०१६ मा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ