arrow

च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका टोली

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
champion-league-2018.jpg

काठमाडौं। क्लब फुटबलको महत्वपूर्ण प्रतिस्पर्धा च्याम्पियन्स लिगको पहिलो चरणको खेलहरु सकिएका छन्। यससँगै १६ टोलीहरु अन्तिम १६ मा पुगेका छन्। यसरी अन्तिम १६ मा पुग्ने टोलीहरु यस्ता छन् – 

समूह विजेताहरु – 
१. बार्सिलोना 
लियोनेल मेस्सीको नेतृत्वमा रहेको स्पेनिस क्लब बार्सिलोना यस पटक निकै कठिन समुहमा परेको थियो। यद्यपि उसले आफ्नो पहिलो चरणको चुनौती पार गरेको छ। यसपटक बार्सिलोना छैठौं च्याम्पियन्स लिगको उपाधि जित्ने योजनामा रहेको छ। साथै सन् २०१५पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने धुनमा बार्सिलोना अघि बढिरहेको छ। 

२. बार्यन म्युनिख 
जर्मनीको पावरहाउसको रुपमा चिनिने बार्यन म्युनिख पछिल्लो समय कमजोर प्रदर्शनको कारण आलोचना खेपिरहेको यो क्लबले च्याम्पियन्स लिगमा भने आफूलाई साबित गर्ने प्रयास गरेको छ। समुह चरणमा अपराजित रहँदै यो टोलीले दोस्रो चरणमा स्थान पक्का गरेको हो। 

३. बोरुसिया डर्टमण्ड 
जर्मन टोलीका लागि यो सिजन निकै महत्वपूर्ण रहेको देखिन्छ। यो क्लबले समुह चरणमा एथ्लेटिको मेड्रिडलाई गोल अन्तरमा पछि पार्दै यो टोलीले माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो टोली सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि हासिल गर्ने धुनमा रहेको छ। यो टोली सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो। 

४. युभेन्टस 
इटालियन च्याम्यिनले यसपटकको च्याम्पियन्स लिगको समुचरणको खेलमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । यद्यपि उसले अन्तिम दुई खेलहरु भने हारेको थियो । दुईपटकको युरोपियन कप विजेता टोलीले पछिल्लो पाँच फाइनल खेलहरु हारेको छ । 

५. म्यानचेस्टर सिटी 
प्रिमियर लिगमा गत सिजनमा गरेको राम्रो प्रदर्शनलाई जारी राख्दै च्याम्पियन्स लिगमा आफूलाई साबित गर्नु प्रशिक्षक पेप ग्वार्डिओलाको रहनेछ। यद्यपि यो टोलीले अहिलेसम्म एकपटक यो प्रतियोगिताको क्वार्टरफाइनलको यात्रा तय गरेको छ। 

६. पेरिस सेन्ट जर्मन 
सबैभन्दा धेरै रकम खर्च गर्ने फ्रान्सेली क्लब अहिले महत्वपूर्ण च्याम्पियन्स लिगको उपाधि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ। ब्राजिलका स्टार नेयमार र फ्रान्सका कायलनि एमबाप्पेजस्ता खेलाडीको साथ पाएको टोली पछिल्लो समय लयमा देखिएको छ। यो टोलीको लागि यो च्याम्पियन्स लिग जित्ने सुनौलो मौका हो। 

७. पोर्टो 
दुईपटकको युरोपियन कपको उपाधि विजेता यो टोलीमा धेरै मानिसहरुको आँखा परेको छैन तर यो सिजनमा समुहचरणमा १६ अंक हासिल गर्ने यो एकमात्र टोली हो।

८. रियल मेड्रिड 
तीनपटकको विजेता टोली रियल मेड्रिडले पनि यसपटकको समुहचरणमा राम्रो प्रदर्शन गरिरहेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले छाडे पनि क्लबको प्रदर्शन राम्रो रहँदै आएको छ।

समुह उपविजेता 
१. एज्याक्स 
नेदरल्याण्ड्सको यो क्लब चार वर्षपछि पुनः च्याम्पियन्स लिगमा फर्किएको छ । युरोपको सबैभन्दा बलियो टोलीमध्येको एकको हैसियत पुनः हासिल गर्ने दिशामा एज्याक्स रहेको छ । 

२. एथ्लेटिको मेड्रिड 
अघिल्लो सिजनमा समुहचरणको तेस्रो स्थानमा रहँदै फर्किएको यो टोलीले यसपटक भने दोस्रो चरणमा स्थान बनाएको छ। यो टोली नकआउट चरणमा भने निकै आक्रामकरुपमा प्रस्तुत हुने गर्छ। सन् २०१४ र २०१६ मा यो टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो। दुवैपटक उसले रियल मेड्रिडसँग हार्दै उपाधि गुमाएको थियो। 

३. लिभरपुल 
गत सिजनमा फाइनलसम्मको यात्रा तय गरेको यो टोलीले यो पटकको सिजनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। यो टोलीले प्रिमियर लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन। यो टोलीका मोहम्मद सालाहको टोलीले यसपटक पनि महत्वपूर्ण प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ।

४. लियोन 
यो टोली निकै संघर्षपूर्ण तवरले माथिल्लो चरणमा पुगेको हो। यो टोलीले पछिल्लो पाँच खेलमा बराबरीको नतिजा हासिल गरेको थियो। यो टोलीले पहिलो खेलमा म्यानचेस्टर सिटीमाथि भने जित हासिल गरेको थियो। 

५. म्यानचेस्टर युनाइटेड 
प्रशिक्षक जोस माउरिन्होका लागि च्याम्पियन्स लिगको उपाधि जित्नु अन्य प्रतियोगिताहरुमा गरेको निराशाको बाबजुद आफूलाई साबित गर्ने मौका हो। प्रिमियर लिगमा पनि यो टोली छैठौं स्थानमा छ। युभेन्टसजस्तो टोलीलाई पराजित गर्दै अझै यो टोलीमा जुनसुकै टोलीलाई पनि हराउनसक्ने क्षमता रहेको पुष्टि साबित गरेको छ।

६.रोमा 
समुहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ का लागि स्थान बनाएको यो टोलीको लागि चोटको समस्याले भने सताउनसक्ने बताइएको छ। टोलीका धेरै खेलाडीहरुमा देखिएको चोटको समस्याले आगामी खेलमा भने समस्या सिर्जना गर्नसक्ने बताइएको छ। 

७. साल्के 
तुलनात्मकरुपमा केही सजिलो समुहमा परेको टोलीको लागि अन्तिम १६ को खेल भने सहज नहुने देखिन्छ। 

८. टोटनहाम
यो टोली निकै साँघुरो अन्तरले माथिल्लो चरणमा पुगेको हो। अन्तिम राउण्डमा बार्सिलोनासँग बराबरीको नतिजा हासिल गरेसँगै यो क्लब माथिल्लो चरणमा पुगेको हो। गत सिजनमा यो टोली अन्तिम १६ मा युभेन्टससँग पराजित भएको थियो। यसपटक भने केही सहशज ड्र सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ