arrow

यूईएफए च्याम्पियन्स लिगका १० रोचक तथ्य

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
UEFA-Champions-League.jpg

काठमाडौं। अहिले ६४ औं संस्करणको च्याम्पियन्स लिग जारी छ। यो लिगको पहिलो चरणको खेलहरु पनि सकिएसकेको छ। यो लिगमा विश्वका प्रमुख क्लबहरुको सहभागिता रहने गरेको छ भने निकै प्रतिस्पर्धात्मक खेलहरु हुने गरेका छन्। च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु पनि छन्, जुन धेरैलाई थाहा नहुन पनि सक्छ – 

१. यूईएफए च्याम्पियन्स लिग फायनल विश्वभर सबैभन्दा बढी हेरिने खेल हो। सन् २०१२–१३ को बोरुसिया डर्टमण्ड र बार्यन म्युनिखबीचको फाइनल खेल विश्वका २ सय भन्दा बढी मुलुकहरुमा हेरिएको थियो। यो टेलिभिजनमा सबैभन्दा बढी हेरिएको खेल हो। यो खेल ३६ करोड टेलिभिजनका दर्शकहरुले हेरेको थिए। जसमध्ये २ करोड ३८ लाख मानिसहरुले जर्मनीबाट यो खेल हेरेका थिए। 

२. च्याम्पियन्स लिगको लागि आधिकारिकरुपमा छुट्टै गीत रहेको छ। यसलाई बेलायती कम्पोजर टोनी ब्रिटेनले १९९२ मा लेखेका हुन्। यो गीतको वास्तविक भर्सन ३ मिनेट लामो छ र यसलाई व्यावसायिकरुपमा सार्वजनिक गरिएको छैन। यसमा तीन आधिकारिक भाषाहरु अङ्ग्रेजी, जर्मन र फ्रेन्चको प्रयोग गरिएको छ। 

३. लिगको सबैभन्दा सफल क्लब रियल मेड्रिड हो। यो क्लबले १३ पटक यो उपाधि जितिसकेको छ। सन् २०१८ मा यो क्लबले लिभरपुललाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो। यससँगै यो टोली लगातार तेस्रोपटक यो उपाधि जित्ने पहिलो क्लब बनेको छ। मिलानले ७ पटक, बार्सिलोनाले, बार्यन म्युनिख र लिभरपुलले समान ५ पटक यो उपाधि जितेका छन्।

४. स्पेनिस क्लबहरुले सबैभन्दा धेरै यो उपाधि जितेका छन्। स्पेनिस क्लबहरुले १८ पटक यो उपाधि कब्जा जमाउँदा इंगल्याण्ड र इटालीका कम्पनीहरुले १२ पटक यो उपाधि जितेका छन्। टोलीको हिसाबमा भने सबैभन्दा धेरै इंगल्याण्डका टोलीहरुले यो उपाधि जितेका छन्। इंगल्याण्डका फरक पाँच टोलीहरुले यो उपाधि जितेका छन्। 

५. सन् १९८६ देखि १९९१ च्याम्पियन्स लिगमा बेलायती क्लबहरुमाथि प्रतिबन्ध थियो। विभिन्न किसिमको समस्या तथा स्टेडियमकोसमस्याको कारण उनीहरुमाथि प्रतिबन्ध लगाइएको थियो। बेलायती कम्पनीहरुको अनुपस्थितिहरुको कारण पीएसभी एडोभेन, रेड स्टार बेलग्रेड र स्टेउआ बुकारेस्टले पनि च्याम्पियन्स लिगको उपाधि जित्ने मौका पाएका थिए।

६. क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको तीन फाइनल खेलमा गोल गर्ने खेलाडी हुन्। उनले सन् २००८ मा म्यानचेस्टर युनाइटेड, २०१४ र २०१७ मा रियल मेड्रिडका लागि गोल गरेका थिए। उनी च्याम्पियन्स लिगको दुई फाइनल दुई फरक टोलीबाट खेल्ने एकमात्र खेलाडी हुन्।

७. क्लिएरेन्स सिडोर्फ तीन फरक टोलीबाट च्याम्पियन्स लिगको उपाधि उचाल्ने एकमात्र खेलाडी हुन्। उनले एज्याक्स बाट सन् १९९५ मा , रियल मेड्रिडबाट १९९८ मा र मिलानबाट २००३ र २००७ मा उपाधि हासिल गरेका थिए। 

८. च्याम्पियन्स लिगको सबैभन्दा छिटो गोल सन् २००५ मा पाओलो माल्डिनीले ५१ सेकेण्डमा गरेका थिए। गोल भएपछि सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान भने रोए माकेइको नाममा रहेको छ। उनले सन् २००७ मा बार्यन म्युनिखका यी खेलाडीले रियल मेड्रिडविरुद्ध १० सेकेण्डमा गोल फर्काएका थिए।

९. अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा अहिलेसम्म कुनै ह्याट्रिक हुन सकेको छैन। यद्यपि दुई गोल गर्नेमा भने पाँच खेलाडीको नाम रहेको छ। 

१०. च्याम्पियन्स लिगको वास्तविक ट्रफी नै अहिलेसम्म प्रयोग गरिँदै आएको छ। यद्यपि लगातार तीनपटक यो उपाधि जित्ने वजा पाँचपटक यो उपाधि जित्ने टोलीलाई सोही उपाधिबराबरको अर्को ट्रफी प्रदान गरिन्छ। यो पुरस्कार अहिलेसम्म छ टोलीहरुले पाएका छन्। च्याम्पियन्स लिगको ट्रफी ७.५ किलोग्रामको रहेको छ। जसको तौल करिब १७ फुटबलबराबरको हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ