arrow

तेन्दुलकरको पथमा हिँड्दै कोहली

कोहलीको मनपर्ने खेलाडीमा थिएनन् सचिन

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
kohli-sachin.jpg

काठमाडौं। भारतीय पुरुष क्रिकेट कप्तान विराट कोहली विश्वका सबैभन्दा प्रभावशाली क्रिकेट खेलाडी हुन्। सचिन तेन्दुलकर भारतका सबैभन्दा लोकप्रिय क्रिकेट खेलाडी रहेका छन्। दुई खेलाडीबीच तुलना पनि शुरु हुन थालेको छ। विश्वमा चर्चित र धेरैका मनपर्ने खेलाडी बनिसकेका सचिन भने विराट कोहलीको सूचीमा अटाएका थिएनन्।

सन् २००८को १९ वर्षमुनिको विश्वकप क्रिकेटको भिडियोमा उनले मनपर्ने खेलाडीको नाममा सचिनको नाम नलिँदा सबै छक्क परेका थिए। दिल्लीका विराटले दक्षिण अफ्रिकी खेलाडी हर्सल गिब्सको नाम मनपर्ने खेलाडीमा लिएका थिए।

सचिनसँग उनको राम्रो सम्बन्ध रहेको छ। सचिनलाई विराट एकदम सम्मान पनि गर्छन् तर उनको मन दक्षिण अफ्रिकी खेलाडीले तानेको थियो। सन् २०११को विश्वकप जित्दा सचिन र विराट दुवै खेलाडी भारतीय टोलीमा थिए। 

सचिनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय शतक बनाएको रेकर्ड रहेको छ भने उनी सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । टेष्ट, एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले ३४ हजार ३ सय ५७ रन बनाएका छन्। उनले एक सय शतक प्रहार गरेका छन् भने १ सय ६४ अर्धशतक बनाएका छन्। यो सूचीको दोस्रोमा श्रीलंकाका कुमारा सांगाकारा र तेस्रोमा अष्ट्रेलियाका रिकी पोन्टिङ छन्।

विराट कोहलीले ३ सय ५५ खेलमा १८ हजार ७ सय ६७ रन बनाएका छन्। उनले ६२ शतक र ८६ अर्धशतक बनाइसकेका छन्। उनको रन बनाउने यो लय हेर्दा उनले सजिलै सचिनको रेकर्ड तोड्नसक्ने देखिन्छ। खेलाडीको जीवनमा अनेक उतार चढाव आइरहन्छन्। यदि उनी स्वस्थ्य रहेर र आफ्नो फर्म कायम राखिराख्न सक्षम भए रेकर्ड उनको नाममा हुने निश्चित देखिन्छ।

कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिेकेटमा छिटो  १० हजार रन बनाउने खेलाडी बनेका छन्। उनले २ सय ५ पालीमा १० हजार रन बनाएका छन् भने यसअघि सचिनको नाममा उक्त रेकर्ड रहेको थियो। सचिनले २सय ५९ पारीमा उक्त रन बनाएका थिए।

७३ टेष्ट खेलिसकेका कोहलीले ६ हजार ३ सय ३१ रन बनाईसकेका छन् भने ६२ टि–२० अन्तर्राष्ट्रियमा २ हजार १ सय २ रन उनको नाममा रहेको छ।
सचिन र विराटको खेल तथ्याङ्कलाई हेर्दा विराट अलि अघि बढेको देख्न सकिन्छ। दुई फरक समयका खेलाडीहरुलाई दाँज्नु आफैमा उती राम्रो त होईन तर तथ्यांकले नै नजिक रहेर परिणाम नजिक पुर्‍याउने हुँदा तुलना आवश्यक रहेको छ।

एकदिवसीय क्रिकेटको दोस्रो पालीमा सचिनले २ सय ३२ खेलमा १७ शतकसहित ८ हजार ७ सय २० रन बनाएका छन् भने विराटले १ सय १६ खेलमा ६ हजार ३२ रन बनाउँदा २२ शतक प्रहार गरिसकेका छन्। त्यसैगरी टेष्ट क्रिकेटको चौथो पारीमा सचिनले ६० पारीमा ३६.९३को औसतले ३ शतक सहित १ हजार ६ सय २५ रन बनाएका छन् भने बिराटले २२ पारीमा ५१.७०को औसतले २ शतकसहित ८७९ न बनाइसकेका छन्।

एकदिवसीय क्रिकेटमा सचिन दोहोरो शतक बनाउने पहिलो खलोडी हुन्। उनले दक्षिण अफ्रिकाविरुद्ध नागपुरमा २०० रन बनाएका थिए। विराटको एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ८३ उच्चतम स्कोर रहेको छ।

यसरी केही तथ्याङ्कहरु हेर्दा विराटको जुन लय छ, उक्त गतिले सचिनका धेरै रेकर्डहरु उनले तोड्ने देखिन्छ। दुई खेलाडीहरुको स्वभावको कुरा गर्दा सचिन शान्त स्वभावका थिए भने विराट आक्रमक क्रिकेट खेल्छन्। सचिनको आक्रमकता खेलमा देखिन्थ्यो भने विराट खेलमा र स्वभाव दुवैमा आक्रमक छन्।

सचिन र कोहली दुवैले आफ्नो टोलीका लागि जुन योगदान दिएका छन् ती योगदानहरु आफैंमा अतुलनीय छन्। दुवै खेलाडीहरुले विश्वका क्रिकेटप्रेमीहरुलाई उत्कृष्ट क्रिकेटको दर्शन गराएका छन्। सचिन तेन्दुलकरको पथमा हिँड्दै गरेका विराट कोहलीले तोड्लान् त सचिनको  रेकर्डहरु ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ