arrow

खेलकुद परिषदमा मिसन सफल बनाउँदै तिम्सिना

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
pitambar-timsina-breaker.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेप नेपालमा बहुदल आएपछि भागबण्डामा चल्दै आएको छ । पहिले राजसंस्थाले मनोरञ्जनको साधन बनाउँदै आएको थियो भने अहिले दलहरुले आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाइरहेका छन् । ०४६ सालपछि त्यही भइरहेको छ । 

सत्ताको साँचो जुन दलको नेतृत्वमा हुन्छ उसले खेलकुद परिषदमा जरो गाडेको हुन्छ । त्यही जरो अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हातमा गएको छ । खेलकुद परिषद नेकपाको कब्जामा छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि खेलकुद परिषदमा आधिपत्य नेकपाको भएको छ । 

युवा तथा खेलकुद मन्त्रालय र राखेपमा नेकपाले झण्डा गाडेको छ । कतिपय चर्चित खेलाडी सेलिब्रिटीहरुसमेत नेकपाको झण्डामुनि रहेर काम गरिरहेका छन् । राखेपमा पिताम्बर तिम्सिनाको भने ‘रि इन्ट्री’ भएको छ । उनी ठूलै मिसन लिएर राखेपभित्र छिरेको उनी निकट स्रोत बताउँछ । 

ड्यासिङ पर्सनालिटी भएका तिम्सिनासंग कोही पनि सजिलै विवाद गर्न सक्दैन । उनी निकटकाहरु भन्छन् – तिम्सिना निकै सोचेरमात्र कुराकानी गर्ने गर्छन् । तिनै स्पष्टवक्ता तिम्सिना राखेप छिरेपछि भने मैहुँ भन्नेको होसहवास उडेको राखेपका कर्मचारीहरुले बताउन थालेका छन् । 

उनी उपाध्यक्ष भएर राखेपमा छिरेका हुन् । यसअघि उनले चार वर्ष उपाध्यक्ष पद खाइसकेका छन् । २०६६ सालदेखि चार वर्ष उनले उपाध्यक्ष खाए । उनी स्वतन्त्र भएर काम गर्दथे । हक्की स्वभावका उनी तत्कालीन सदस्य सचिवसम्म डराएनन् । तत्कालीन अवस्थामा युवराज लामा सदस्यसचिव माओवादीको कोटाबाट भएका थिए भने तिम्सिना एमालेको । 

अहिले दुवै एक पार्टी हुँदा सदस्यसचिव र उपाध्यक्ष नै तत्कालीन एमालेका । केसवकुमार विष्ट तत्कालीन एमालेकै हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तिम्सिना दोस्रो पटक राखेपमा छिर्दा उपाध्यक्षमै सीमित हुने लक्ष्यका साथ छिरेका हैनन् । 

खेलकुद विज्ञहरुका अनुसार तिम्सिनाको अबको लक्ष्य सदस्यसचिवकै हो । हालका सदस्यसचिव विष्टको कार्यकाल सकिन अब केही महिनामात्र बाँकी छ । आगामी असार ९ गते विष्टले कार्यकाल सकाउँदै गर्दा त्यो कुर्सीमा तिम्सिना जाने अड्कल गरिएको छ । 

युवा तथा खेदकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले यसअघिका नेकपाका उपाध्यक्ष लामा टेन्डी शेर्पाको स्थानमा तिम्सिनालाई ल्याएका हुन् । तिम्सिनाले अब राखेपको प्रशासनिक नेतृत्व सम्हाल्दै छन् भन्दा अचम्म नमाने पनि हुन्छ । किनकि उनको प्रतिस्पर्धी अब कोही छैन । 

चार वर्ष राखेप बाहिर रहे पनि तिम्सिना राखेपलाई नियालिरहेका थिए । उनी आएपछि तेक्वान्दोको समस्या बल्झियो । उनकै संयोजकत्वमा दुई वटा तेक्वान्दोलाई एउटा बनाउने प्रयास हुनेछ । प्रतिवन्ध लगाउने धम्की दिएरै समाधानको प्रयास भइरहेको छ । 

अन्य खेलमा रहेको समस्या पनि समाधान गर्नमा तिम्सिना लाग्ने विश्वास गरिएको छ । हुनत विवाद कराँते, शारीरिक सुगठन लगायतमा पनि छ । तर अबको टार्गेटमा जिम्नाष्टिक संघ रहेको स्रोत बताउँछ । जिम्नाष्टिकमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुँदा त्यसको नेतृत्व पूर्व ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानले गरिरहेका छन् । 

प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता हुन् । उनलाई हटाउनका लागि पनि राखेपले कडा कदम चाल्न थालेको बताइएको छ । जब तिम्सिना नै लागेपछि कसको के लाग्छ र भन्नेहरु राखेपमा धेरै छन् । 

असारभित्र विभिन्न संघहरुको विवाद मिलाएर त्यसपछि ढुक्कसंग तिम्सिना राखेपको सदस्यसचिव हुने विश्वास लिइएको छ । यदि साँच्चिकै सोचेजस्तो भयो भने तिम्सिनाले सहजै राखेपको बागडोर सम्हाल्ने छन् । 

असारसम्म ओली प्रधानमन्त्री रहे भने तिम्सिना सदस्यसचिव पक्का । जब उनी सदस्यसचिव हुन्छन् तब जतिसुकै हटाउन खोजे पनि अदालतले न्याय गर्ने नै छ । युवराज लामालाई हटाउन खोज्दा उनी अदालतको शरणमा गए । 

सोही कारणले पनि काँग्रेस नेतृत्वको सरकार हुँदा पनि सदस्यसचिव केसवकुमार विष्टलाई हटाउनेबारे सोचेन । तसर्थ यदि तिम्सिनाले चाहे भने ढुक्कसंग राखेप सदस्यसचिव खाने छन् । माहोल पनि बनिरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ