arrow

इण्डिगो एयरमा बमको हल्लाले हंगामा, मानसिक रोगीको कमाल

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
indigo-866x487.jpg

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बई जान लागेको इण्डिगो एयरमा बम राखिएको हल्लाले शनिबार दिल्लीमा हंगामा मच्चिएको छ । एक मानसिक रोगी महिलाले दिएको गलत सूचनालाई आधार मान्दा दिल्लीमा हंगामा मच्चिएको हो । 

एक महिला यात्रीले एयरपोर्टको सपोर्ट स्टाफलाई फ्लाईटमा बम राखिएको सूचना दिएकी थिईन् । यो सूचना पाउने वित्तिकै प्रहरीले सो उडान रद्द गरी त्यहाँ बमको खोजी गरेको थियो । पछि फ्लाईट भित्र बम नभेटिएपछि प्रहरीले ती महिलालाई पक्राउ गरी सोधखोज गरेको थियो । सोधखोजको क्रममा ती महिला मानसिक रुपमा असक्त रहेको भेटिए पछि ती महिलालाई पनि प्रहरीले छाडिदिएको छ । 

दिल्ली प्रहरीको बम धम्की आकलन समिति (बीटीएसी)ले यो धम्कीलाई गम्भीर रुपमा लिएर सो विमानलाई एउटा सुरक्षित स्थानमा लगेको थियो । त्यहाँ लगेर चेकजाँच गर्दा विमान सुरक्षित रहेको भेटिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ